‘द राइजिङ्ग’को स्वागत, पुरस्कार वितरण तथा दीक्षान्त समारोहमा विद्यार्थीको सशक्त प्रस्तुति र अभिभावकको उत्साहजनक सहभागिता


Single Before Content Ad

सुन्दरहरैंचा–१०, मोरङ | जेठ ३०, २०८२

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित ‘द राइजिङ्ग इङ्गलिस बोर्डिङ स्कुल’ले स्वागत, पुरस्कार वितरण तथा दीक्षान्त समारोह २०८२ शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन मोरङ जिल्ला समन्वय समिति अध्यक्ष अजम्बर राईले गर्नुभयो। उद्घाटन मन्तव्यमा प्रमुख अतिथी राईले विद्यालयको शैक्षिक प्रगति सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावशाली योगदानको अपेक्षा व्यक्त गर्नुभयो।

समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गायन र अभिनयले दर्शकहरूलाई मन्त्रमुग्ध पारे। सांस्कृतिक कार्यक्रमको विविधता र प्रस्तुतीकरणको स्तरले समारोहलाई अझ आकर्षक बनाएको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल गोपाल प्रसाद पाठकले विद्यालयको स्थापना कालदेखि हालसम्मको यात्रा स्मरण गर्दै सबैको सहयोग र लगनशीलताले विद्यालयलाई आजको स्थानमा ल्याएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयलाई गुणस्तरीय र मूल्य–आधारित शिक्षाको केन्द्रका रूपमा अझ मजबुत बनाउने अठोट पनि व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अनुशासन, गुणस्तर र नैतिक शिक्षामा आधारित शैक्षिक वातावरण निर्माण गर्ने विद्यालयको प्रयास सधैं अग्रणी रहेको धारणा राख्नुभयो।

विद्यालयका भाइस प्रिन्सिपल परशुराम गुरागाईंले स्वागत मन्तव्य राख्दै आगामी शैक्षिक योजना, प्रविधिको प्रयोग र विद्यार्थी–केन्द्रित शिक्षण विधिबारे जानकारी दिनुभयो।

विद्यालयले हालसम्म निरन्तर शैक्षिक उन्नति गर्दै समाजमा उदाहरणीय उपस्थिति कायम राखेको छ। यस समारोहले विद्यालयप्रतिको विद्यार्थी, अभिभावक र स्थानीय समुदायको विश्वास र भरोसा अझ बलियो बनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार