सुन्दरहरैचामा उपमेयर सङ्ग छात्रा कार्यक्रम


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ सामना भट्टराई ।

मोरङको सुन्दरहरैचा वार्ड नं ६ स्थित साजिलाल माध्यमिक बिद्यालयमा ‘उपमेयर सँग छात्रा’ कार्यक्रम सम्पन्न भएको छ। सुन्दरहरैचा नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा उपमेयर अकली चौधरी सङ्ग छात्राहरुले अन्तरक्रिया छलफल गरेका थिए ।

मंगलबार साजिलाल माध्यमिक बिद्यालयमा भएको उक्त कार्यक्रममा उपमेयर चौधरीले विशेष गरि माध्यमिक तहका बिद्यार्थीहरुलाई पर्ने विभिन्न प्रकारका सामाजिक समस्याहरु पत्ता लगाएर तिनको समाधान गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको बताएकी छिन्। नगरपालिकाले किशोरी विद्यार्थीहरूको समस्या, समाधानका उपाय र शैक्षिक स्तर उकास्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो ।

त्यसैगरी उपमेयर चौधरीले आफूलाई परेको समस्या नलुकाईकन बताउन आग्रह गरिन्। उनले भनिन् “तपाईंहरुलाई कुनै समस्या आईपरेमा शिक्षकलाई भनुस शिक्षकलाई भन्न नसके आफनो घर – परिवारको अभिभावकहरुलाई भनुस् यदि अभिभावकलाई पनि भन्न नसकेको खण्डमा मलाई भन्नुहोस् नगरपालिका सधैंभरि तपाईंहरुको साथमा रहनेछ ।”बिद्यालय तहमा छात्राहरुमा बिद्यालय भित्र वा समुदायमा घरेलु हिंसा, योनजन्य हिंसा र त्यसको कारणले बिद्यार्थीहरुलाई मानसिक समस्या उत्पन्न हुने, पढाईमा समस्या हुने, जीवन नै समाप्त पार्ने सम्मको घटना हुने गरेको छ। यस्ता घटनाको न्यूनीकरण गर्न उक्त कार्यक्रम गरिएको सुन्दरहरैचा नगरपालिका शिक्षा शाखा अधिकृत लिला ओझाले बताईन्।

उनले यसअघि पनि बिद्यालय पुगेर विद्यार्थीहरु सँग उपमेयर कार्यक्रम सञ्चालन गरेको बताउँदै अब आउने दिनमा पनि नगरमा रहेका सामुदायिक र संस्थागत बिद्यालयमा पुगेर यस कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उनले बताईन्।

छात्राहरुले पनि त्यस्तो जटिल समस्या नपरेको बताउँदै खुलेर आफ्ना मनका कुरा जिज्ञासा लागेको कुराहरु उपमेयर सङ्ग राखेका छन्।

त्यस्तै साजिलाल माध्यमिक बिद्यालयका प्रधानध्यापक श्यामबाबू काफ्लेले "उपमेयर संग छात्रा" कार्यक्रम निकै प्रभावकारी भएको बताए। यसैगरी सोही क्रममा बिद्यालयले साजिलाल माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई ल्यापटप वितरण कार्यक्रम समेत गरेको उनले बताएका छन्।

नगरपालिका र शिक्षकको संयुक्त लगानीमा शिक्षकहरुको अध्ययन प्रक्रियालाई उत्साह दिन र शैक्षिक गुणस्तर वृद्धि गर्न जम्मा १० जना शिक्षकहरुलाई उक्त ल्यापटप वितरण गरिएको साजिलाल माध्यामिक बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञानेन्द्र ओझाले बताएका छ्न्। उक्त कार्यक्रममा नगरपालिकाका कर्मचारी अनिल पोख्रेलले सहजीकरण गरेका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार