सुन्दरहरैंचामा हात्ती देखा परेपछी स्थानीय बासी रातभर जाग्राम, दुई घरमा क्षति


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरंगको सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा तीन दिन अघिबाट अचानक हात्ती देखा परेपछी स्थानीय बासी रातभर जाग्राम बस्न बाध्य छन् । बिहिबार राति करिव ८ बजे जंगली हात्तीले सो नगरपालिकाको वडा ९ मा रहेको जंगल नजिकको दुई घरमा क्षति पुर्याएको छ।

दिउँसो नजिकैको जंगली हात्तीले रात परेपछि मानव बस्तीमा पसेर क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। स्थानीय कृष्ण कुमारी सार्कीका अनुसार हात्ती आफु बसेको घरमा आएपछि क्षति पुर्याउदै आफुले ज्यान जोगाउन सफल भएकी सुनाउछिन । घरको बरण्डा भत्एकाएपछी आतिएर आफुले अध्यारोमा सेतो प्लेन जस्तो हात्ती दारा देखेपछी आतिएर घर पछाडीबाट भाग्न सफल भएको बताइन्।स्थानीय एक प्रत्यक्षदर्शी महिलाका अनुसार आफ्नो घर पछाडी भित्ता भत्काउन थालेपछि नातिनीहरू खाटमुनि लुके आफु भागेको बताएकी छिन् ।

सो वडाका अध्यक्ष प्रकाश श्रेष्ठले घटना स्थलमा समेत आफु बिहानै पुगेर क्षति भएको बिषयमा नगरपालिकालाई ध्यान आकर्षण गराए । साबधानी र सचेत रहन वडाबासिलाई अनुरोध गर्दै मानबिय क्षति नभएको जानकारी गराए । जंगल क्षेत्र नजिक बस्ति भएकोले साइरन जडान र बिधुतका पोलमा बत्ति जडान गर्ने र जनतालाई त्रसित नहुन् र सचेत रहन अनुरोध गरेका छन् ।

वडा अध्यक्ष श्रेष्ठका अनुसार झापा बेलडाँगीबाट एक हुल हात्ती पश्चिम आएको बताए । स्थानीय प्रहरी प्रशासन, सव डिभिजन बन कार्यालय , नगरपालिकाले समेत राति बारुण यन्त्र सहित हात्ती प्रवाभित क्षेत्रमा राति गस्ती गरिरहेको छ ।

यति बेला सुन्दरहरैंचाको जंगल बस्ति नजिक राति मात्र होइन हात्ती बिहान र दिउसो समेत देखिन थालेको छ । सुन्दरहरैंचा नगरपालिकाको बागझोडा देखि हसिना सम्म वडा ५, ६, ७, ८, ९ र १० मा जंगल नजिकका बस्ति रहेको छ । हात्ती हुल देखिने हुँदा स्थानीयले यति बेला रातको समयमा हात्तीले धनजन र मानव बस्तिमा क्षति पुर्याउछ भनेर आगो बालेर जाग्राम बस्ने गरेका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार