सुन्दरहरैंचा नगर अस्पतालमा आँखा उपचार सेवाको शुभारम्भ


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१ मा रहेको नगर अस्पतालमा आँखा उपचार सेवा सुरु भएको छ। सुन्दरहरैंचा नगर अस्पताल तथा बिराटनगर आँखा अस्पतालको संयुक्त आयोजनामा आइतबार विधिवत रुपमा आंखा जाँच सेवा शुभारम्भ भएको हो ।

शुभारम्भ कार्यक्रममा नगर प्रमुख केदार प्रसाद गुरागाईं तथा बिराटनगर आँखा अस्पतालका अध्यक्ष पदम नारायण चौधरीले संयुक्त रुपमा उदघाटन गरेका हुन।बिराटनगर आँखा अस्पतालका अध्यक्ष पदम नारायण चौधरीले आँखा उपचार सेवाको प्राम्भिक चेक जांच नगर अस्पतालमै हुने आँखाका बिरामीहरुको ८० प्रतिशत समस्या यसै अस्पतालबाट हुने बताए । जटिल प्रकारका आँखाका समस्या भएका बिरामीका लागी बिराटनगर आँखा अस्पतालबाट सेवा उपलब्ध हुने जानकारी दिए।

नगरप्रमुख गुरागाईंले उक्त शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै आँखा उपचार सेवाबाट प्राप्त आम्दानी सोहि सेवामै खर्च ब्यबस्थापन हुने र नगर अस्पताल र बिराटनगर आँखा अस्पताल बीच मुलत सम्झौता अनुसार यसलाई थप ब्यबस्थित र सेवाहरु थपिदैं लाने बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै आँखाको उपचार नपाएर आँखा नै गुम्ने तथा गम्भीर अवस्थामा अस्पताल पुग्ने दरलाई कम गर्न महत्त्वपूर्ण मद्दत पुग्ने सो वडाका अध्यक्ष राम कुमार बिश्वासले बताए।

यहाँ नजिकका सुन्दरहरैंचा नगर भित्र नागरिक मात्र होइन नजिक सिमाना जोडिएका बुढीगंगा, ग्रामथान गाउँपालिका, बेलबारी नगरपालिकाका जनताले समेत नगर अस्पतालको सेवाबाट लाभ लिएका छन । आँखा चेक जांच गरी सेवा लिएका स्थानीयले नजिकै आफ्नै ठाउँमा सेवा पाउँदा खुसि व्यक्त गरेका छन् ।

आँखा सम्बन्धी प्राथमिक समस्या भएका कतिपयलाई सही तरिकाले प्राथमिक उपचार’bout जानकारी नहुँदा आँखा गुमाउनुपर्ने अवस्थासमेत रहेको हुँदा अब आँखा सम्बधि समस्या भएका बिरामीको समस्या हल हुने नगर अस्पताल प्रमुख डा. बिपिन यादव बताउँछन्।

आँखाको प्राथमिक उपचार स्थानीय तहमै उपलब्ध गराउन बिराटनगर आँखा अस्पतालको सहकार्यमा नगरपालिकाले छुट्टै इकाइ स्थापना गरी नेत्ररोगसम्बन्धी सेवा सञ्चालन गरेको अस्पताल प्रशासन शाखा प्रमुख बाबुराम भट्टराईले बताए।

नगरपालिकाले आँखा उपचार केन्द्रको स्थानीय स्तरमा सेवा सूचारो गरेपछि थप यस बारे प्रचार प्रसार तथा समन्वय गर्न समेत आवश्यक रहेको देखिन्छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार