लेटाङ–७ वारङ्गीमा तीनतले घरमा आगलागी


shiva
Single Before Content Ad

लेटाङ– साउन २४ गते ।

मोरङको लेटाङ नगरपालिका–७, वारङ्गीस्थित फर्म कुमार मगरको काठ, सिमेन्टका पिल्लर तथा जस्ताले बनेको तीनतले घरमा शनिबार दिउँसो आगलागी भएको छ।

प्रहरीका अनुसार आज दिउँसो करिब २ बजे अचानक आगलागी हुँदा उक्त घरमा टिकाप्रसाद धितालले सञ्चालन गर्दै आएको होलसेल किराना तथा कस्मेटिक पसल र होटल पूर्णरूपमा जलेर नष्ट भएको छ। सोही घरमा मनोज श्रेष्ठले सञ्चालन गर्दै आएको भाडा पसलसमेत आगलागीबाट पूर्णरूपमा जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आगलागीको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट वारङ्गीबाट प्रहरी सहायक निरीक्षक भुपाल तामाङको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास गरेको जनाइएको छ।

हालसम्मको प्रारम्भिक जानकारीअनुसार आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन। घटनाबाट भएको भौतिक तथा आर्थिक क्षतिको यकिन विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार