स्थानीय सरकारले संस्थागत विद्यालयलाई अनुमति भन्दा माथिल्लो कक्षा पढाएकाे पाईए कडा कार्वाही गर्ने


Single Before Content Ad

सुन्दरहरैचा । बैशाख २७ गते।

सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित विद्यालयहरूलाई लक्षित गर्दै नयाँ निर्देशन जारी गरेको छ। चैत २८ बसेकाे  शिक्षा समिति बैठकको निर्णय अनुसार नगरपालिकाले विद्यालयहरूको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्नका लागि विभिन्न निर्देशनहरू जारी गरेको हो।  नगर शिक्षा शाखाबाट बैशाख ९ गते जारी सूचनामा निम्न कुराहरू उल्लेख गरिएको छ । 

१. यस नगरपालिकाभित्र विना अनुमति कुनैपनि प्रकारका विद्यालयहरु सञ्चालन नगर्न सूचित गरिन्छ, यदि नियमानुसार दर्ता नभएको भए वा विना अनुमति सञ्चालन भइरहेको पाइएमा त्यस्ता विद्यालयहरुलाई तत्काल बन्द गराइने जानकारी गराइन्छ,

२. नगरभित्र सञ्चालनमा रहेका विद्यालयहरुले अनुमति पाएको भन्दा माथिल्ला कक्षाहरुसमेत सञ्चालन गरिरहेको भए तत्काल बन्द गर्न निर्देशन गरिन्छ । अन्यथा त्यस्ता विद्यालयहरुको अनुमति खारेज गरी बन्द गराइनेसमेत जानकारी गराइन्छ,

३. विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीलाई सम्बन्धित विद्यालयले आफ्नो एकिकृत शैक्षिक व्यवस्थापन सूचनाप्रणाली (IEMIS) मा अनिवार्य आवद्ध गराउनुपर्नेछ । यदि अनुमतिबिना नै सञ्चालनमा रहेका कारणले आफ्ना

विद्यार्थी अन्य विद्यालयमा लगेर IEMIS दर्ता गरेको वा विद्यालयका परीक्षाहरुमा सामेल गराएको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै विद्यालयलाई प्रचलित कानूनबमोजिम कडा कारवाही गरिनेछ,

४. विद्यालयमा पठनपाठन गराउँदा पाठ्यक्रम विकास केन्द्रबाट तोकिए बमोजिमका पाठ्यपुस्तकहरु मात्रै प्रयोगगर्नु/गराउनुहुन।

सुन्दरहरैँचा नगरपालिका भित्र कतिपय विद्यालयहरूले अनुमति लिएको भन्दा माथिल्लो कक्षा सञ्चालन गरिरहेकाे भन्ने सूचना आएकाे छ । यसलाई चाडै अनुगमन गरेर सत्यतथ्य पत्ता लगाई यदि त्यस्तो रहेछ भने  कार्वाही गर्ने शिक्षा शाखाले जनाएको छ । 

 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार