हिमालय इङ्लिस स्कूलले गर्यो दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम


Single Before Content Ad

सुन्दरहरैचा । बैशाख २७ गते

एलएन गच्छदार /मोरङको सुन्दरहरैचा–१० स्थित हिमालय इङ्लिस स्कूलमा शनिबार भव्य रूपमा दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र प्रदान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमको उद्घाटन सुन्दरहरैचा नगर शिक्षा समितिका संयोजक, नगर प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले गरेका थिए। उद्घाटन मन्तव्यमा उनले विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाको प्रशंसा गर्दै विद्यार्थीको समग्र विकासमा यस्ता कार्यक्रमहरू प्रेरणादायी हुने बताएका थिए।

सो अवसरमा अभिभावक, शिक्षक, तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा शैक्षिक उपलब्धि, अनुशासन, उपस्थितिमा उत्कृष्टता, कला–साहित्य, र खेलकुद लगायतका विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले स्वागत मन्तव्य दिँदै विद्यार्थीहरूको बहुआयामिक विकासमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। अन्य विशिष्ट अतिथिहरूले पनि विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थी विकासमा पुर्‍याएको योगदानको प्रशंसा व्यक्त गरे।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, कविता वाचन र नाटक प्रस्तुत गरिएको थियो, जसले उपस्थित अभिभावक र अतिथिहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्‍यो।

कार्यक्रमको समापन सत्रमा प्रिन्सिपल खनालले सबै अभिभावक, अतिथि, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूप्रति आभार प्रकट गर्दै सफल कार्यक्रमका लागि सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार