सुन्दरहरैचा/
मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किए दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ २ जना घाइते भएका छन् ।आज शुक्रबार बिहान पूर्व-पश्चिम लोकमार्गको बेलबारी नगरपालिका-१ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार तिन जनाको मृत्यु भएको हो । २ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले पश्चिम तर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो ।दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका-२ का ५१ वर्षीय यदुकान्त भट्टराई ,
कमल गाउँपालिका-४ कि ४४ वर्षीय महिला दिपा खनाल र बोलेरो चालक झापा विर्तामोड नगरपालिका २ बस्ने ३६ वर्षिया कृष्ण गजुरेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यसैगरी बोलेरोमा सवार झापाको कमल गाउँपालिका-२ बस्ने ५५ वर्षीय हरि खनाल र ४८ वर्षीया गायत्री भट्टराई घाईते भैई उनीहरुको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएको थियो । घाइतेमध्ये २ जनाको बाटो मै मृत्यु भएको हो ।
दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका-७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।