हिमालय इङ्लिस स्कुलको ८ औं बार्षिक उत्सव सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा /

सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको हिमालय अंग्रेजी विद्यालयले आफ्नो ८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विद्यालयले वृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम गर्दै वर्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । सो कार्यक्रमको उदघाटन कोशी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री कमल प्रसाद जवेगुले गर्नुभयो। मन्त्री जवेगुले अबको शिक्षा प्रणाली प्रविधि मैत्री हुनु पर्ने जोड दिनुभयो ।नगर प्रमुख केदार प्रसाद गुरागाईं, नगर प्रवक्ता रोशन प्रसाद ढकाल, एन प्याबसन केन्द्रिय सचीव राजन छाराहाङ लगायतको उपस्थिति रहेको थियो ।

हिमालय अंग्रेजी बिधालयले अभिभावक लक्षित रहेर यस बर्षबाट आयोजना गरेको हिमालय प्यारेन्टस डान्स आइडलको सुरुवात गरेको छ । जसमा बिभिन्न चरण पार गर्दै टप ५ मा आफ्नो नाम अटाउन सफल अभिभावकको प्रतियोगितात्मक कार्यक्रममा सिला राई प्रथम भएकी छिन । राईले “नाच्न त खासै जान्दिन” बोलको गीतमा नृत्य प्रस्तुत गर्नुभयो  ।

शनिबार हिमालयको आठौँ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सो प्रतियोगिताको संचालन गरेको थियो । त्यसै गरी सुष्मा लिम्बु दोस्रो स्थानमा र रोशनी अधिकारीले तेस्रो स्थान हासिल गर्नुभयो।सो अबसरमा बिधालयका प्रिन्सिपल कमल खनालले प्रमाण पत्र, मेडल, ट्रफी सहित बिजेता हुने प्रथम, दोस्रो र तेस्रोलाई बितरण गर्नुभयो  । गराउनुभएको छ ।प्रिन्सिपल खनालले भौतिक पूर्वाधार विकास मानव सभ्यताको विकास क्रममा शिक्षाको नै अहम् भूमिका खेलेको भन्दै विद्यालयले दिने शिक्षा र संस्कारले विद्यार्थीको भविष्य निर्धारण हुने उल्लेख गर्नुभयो  ।

साथै बिधार्थी डान्स आइडल सिजन तेस्रो समेत गरिएको थियो भने उत्कृष्ट बिधार्थी, शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम लगायत बिबिध साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार