ब्राईट फ्युचर ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानित हुदैं


Single Before Content Ad

सुन्दरहरैचा/ ब्राईट फ्युचर सेकेण्डरी स्कुल ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानीत हुने भएको छ । सिंगापुर र मलेशियामा हुने कार्यक्रममा सहभागिता जनाउन आयोजकले विद्यालयलाई निमन्त्रणा पत्र पठाएको हो ।
सो निमन्त्रणा पत्रमा ‘ तपाईका शिक्षकहरुले गरेको असाधारण कामबाट पुरस्कार समिति पूर्ण रुपमा प्रभावित भएको थियो । तपाईका विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा प्राप्त गर्ने कुरा सुनिच्चित गर्न उनिहरुले गरेका अथक प्रयासहरु जसले विद्यार्थीहरुलाई सफलताको लागि तयार गर्दछ ‘ भनिएको छ । अवार्ड अन्तर्गत एक प्रदेशबाट एउटा विद्यालय छनोट भएको छ । जसमा कोशी प्रदेशबाट ब्राईट फ्युचर सेकेण्डरी स्कुल उत्कृष्ठ भएको हो ।
कार्यक्रममा सहभागिता जनाउनका लागि विद्यालयका प्रिन्सीपल टिकाराम ढकाल भोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यत्तिहरुको सहभागिता हुनेछ ।
विद्यालयले अवार्ड पाउने भएपछि शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् । विद्यालयले व्यवाहारिक शिक्षामा जोड दिदै आएको छ । पढाईसंगसंगै अन्य क्रियाकलापमा सहभागि गराउर्दै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनलाई विद्यालयले प्राथमिकता दिर्दै आएको छ । अर्कोतर्फ सुचना र प्रविधिमैत्री शिक्षा दिनका लागि क्षमतावान् शिक्षकहरु रहेका छन् । जसका कारण विद्यालयले शिक्षा संगै विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ठ नतिजा प्राप्त गर्दै आएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार