सुन्दरहरैचा ९ मा सौन्दर्य चेतना र आत्मविश्वास अभिवृद्धिका लागि सेल्फ मेकअप तालिम सञ्चालन


Single Before Content Ad

शिव भट्टराई भोजपुरे/ असार ०५ गते

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ वडा कार्यालयको आयोजनामा १५ दिने सेल्फ मेकअप तालिम सञ्चालन भइरहेको छ। स्थानीय महिला तथा युवतीहरूमा सौन्दर्य चेतना अभिवृद्धि गर्नुका साथै आत्मविश्वास बढाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम जेठ २५ गतेदेखि सुरु भएको हो। वडा कार्यालयका अनुसार तालिम असार १२ गतेसम्म सञ्चालन हुनेछ।

विराटचोक स्थित जेनी ब्युटी पार्लरको प्राविधिक सहयोगमा संचालन भएको तालिममा अनुभवी प्रशिक्षक प्रास्ना गुरुङले आधुनिक सौन्दर्य स्याहार तथा सेल्फ मेकअपका विभिन्न विधिबारे सहभागीहरूलाई प्रशिक्षण दिइँदै आएकि छिन्।

तालिममा सहभागीहरूले आफ्नै लागि मेकअप गर्ने तरिका, छालाको स्याहार, अनुहारको बनावट अनुसार मेकअप छनोट, दैनिक जीवनमा आवश्यक सौन्दर्य व्यवस्थापन लगायत विषयमा जानकारी प्राप्त गरिरहेको बताएका छन्। प्रशिक्षणले सहभागीहरूलाई व्यक्तिगत प्रस्तुतीकरणमा सुधार ल्याउन र आत्मविश्वास वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वडा कार्यालयले यस्ता सीपमूलक तथा व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रमले स्थानीय महिलाहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार विभिन्न सशक्तीकरणमूलक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार