सुन्दरहरैँचामा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने


shiva
Single Before Content Ad

योगेन्द्र योगी/


सुन्दरहरैचा: मोरङमा उपमेयर कप महिला भलिबल प्रतियोगिता २०८१ हुने भएको छ। सुन्दरहरेैँचा नगरपालिका नगर खेलकुद विकास समितिकाे आयाेजनामा उपमेयर कप महिला भलिबल प्रतियोगिता हुन लागेको हो। मंगलबार नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलन गर्दै २७ देखि २९ गते बैशाख सम्म उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने आयाेजक समितिका सदस्य सचिव खड्ग बहादुर श्रेष्ठले जानकारी दिए ।

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगितामा मा ८ वटा टिमकाे सहभागिता रहने बताईएको छ। भलिबल प्रतियाेगितामा बेलबारी,पथरी शनिश्चरे, रतुवामाई, लेटाङ, सुन्दरहरैँचा नगरपालिका, कानेपाेखरी र केराबारी गाउपलिका गरी ८ टिमको सहभागिता रहने आयाेजक समितिका सदस्य तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले बताए।

३ लाख खर्च गरेर आयोजना गर्न लागिएको उक्त प्रतियोगिताको बिजेताले नगद ५० हजार उपबिजेताले २५ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रवक्ता ढकालले बतए। साथै उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारकाे व्यवस्था गरिएकाे उनले बताए। सुकुना माध्यमिक बिद्यालयको खेल मैदानमा हुनेछ। खेलकुदको मध्यमाबाट सुन्दरहरैचालाई चिनाउन र यहाँका खेलाडीहरुलाई पनि राष्ट्रिय स्थरसम्म पुर्याउन नगरपालिका लागि परेको उनले बताए। मोरङको ८ वटै पालिकाका खेलाडीहरु हाम्रो नगरमा आउने भन्दै उनले यसलाई ब्यबस्थित गरेर लाग्न पनि उनले सबैलाई आग्रह गरे। यसअघि पनि नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता पनि आयोजना गरिसकेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार