दर्शक सङ्गै बोक्सीको घर हेर्न केकी अधिकारी बिराट सिने हल बिराटचोकमा


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ यतिबेला थिएटरमा हाउसफूलका साथ प्रदर्शन भइरहेको छ । निर्माता अधिकारी पुर्वका हल-हलमा पुगेर भेट गर्ने क्रममा माेरङकाे सुन्दरहरैँचा स्थित विराटचाेकमा रहेकाे विराट सिने हलमा सोमबार दर्शकसंगै बोक्सीको घर हेरेर माया साटासाट गरेकि छिन्। चलचित्र सफल भएपछि उनी देश दाैडाहमा निस्किएकि छन् ।

केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ ले दोस्रो सप्ताहन्तमा डेढ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । वितरण कम्पनी डीसीएन र टी–फोकले दोस्रो शुक्रबार र शनिबारको ग्रस कलेक्सन सार्वजनिक गरेका हुन् । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि रहेर अभिनेत्री केकीले यो फिल्म निर्माण गरेकी हुन्। उनले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन्। महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो।फिल्ममा केकी र सुलक्षणसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।

केकी अधिकारी फिल्मसको प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन्। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन्। फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार