ओखलढुंगामा आगलागी हुँदा आमा–छोराको मृत्यु


shiva
Single Before Content Ad

ओखलढुंगा :

ओखलढुंगाको सिद्धिचरण नगरपालिका १० बेतेनीमा आगलागीमा परेर आमा–छोराको मृत्यु भएको छ ।
आगलागीमा परेर करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उनका १५ वर्षीय छोरा कन्चन धमलाको मृत्यु भएको हो ।

सोमबार दिउँसो बाहुनडाँडास्थित खरबारीमा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पनि पुष्टि गरेको छ। केही दिनअघिदेखि नजिकैको बसाहा हरिबोले सामुदायिक वनमा लागिरहेको आगो अनियन्त्रित भएर गाउँ नजिकैको खर वनमा प्रवेश गरेको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार