अमेरिकन विश्वविद्यालयद्वारा  छवि वैरागी घिमिरेलाई स्वर्ण पदक सहित मानार्थ विद्यावारिधि


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

अमेरिकन विश्वविद्यालय (केडारब्रुक) ले आफ्नो स्थापना दिवसको अवसरमा मोरङको सुन्दरहरैँचा-९ निवासी  साहित्यकार छवि वैरागी घिमिरेलाई स्वर्ण पदक सहित मानार्थ विद्यावारिधि प्रदान गरेको छ। आइतबार भारतको नयाँ दिल्लीमा आयोजित एक भव्य समारोहमा घिमिरेलाई यो सम्मान प्रदान गरिएको हो।विश्वविद्यालयले अन्तर्राष्ट्रिय भाषा साहित्य, अनुसन्धान, सञ्चार क्षेत्र तथा सामाजिक-सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूलाई विशेष समारोहमा  सम्मानित गरेको छ।

कार्यक्रममा नेपाल, भुटान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स, अमेरिका र भारत गरी सात राष्ट्रका पच्चीसभन्दा बढी विशिष्ट व्यक्तित्वहरूलाई सामाजिक सेवा गौरव सम्मान स्वर्ण पदक तथा विशिष्ट सेवा मानार्थ विद्यावारिधि प्रदान गरियो। सम्मानित हुनेहरूमा समाजसेवी, साधक, सञ्चारकर्मी, शिक्षक, साहित्यकार तथा चिकित्सकहरू रहेका छन्।

समारोहमा भारत सरकारका सांसद योगेन्द्र चण्डोलिया, क्याबिनेट मन्त्री चिराग पासवान, भारतीय नारी सामाजिक अभियन्ता पुष्पा जिन्दल र हिन्दु धार्मिक अभियन्ता स्वामी चन्द्रदेवजी महाराजको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले सम्मानित व्यक्तित्वहरूलाई सम्मान तथा आभूषण प्रदान गर्नुभयो।

विश्वविद्यालयले यस्ता प्रतिभाशाली व्यक्तित्वहरूको पहिचान र सम्मान गरेर समाज विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। सम्मानित व्यक्तित्वहरूले आ-आफ्नो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विश्वविद्यालयले यो कार्यक्रमको आयोजना गरेको जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार