सुन्दरहरैंचा विराट एक्स्पो-४ संग सहकार्य गर्दै स्थानिय सञ्चारकर्मीहरू


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैंचा नगरपालिकामा माघ ३० गते देखि फागुन १० गते सम्म एक्स्पो सञ्चालन हुने भएको छ । सुन्दरहरैंचा उधोग वाणिज्य संघको आयोजनामा १० दिन सम्म सुन्दरहरैंचा विराट एक्स्पोको चौथो संस्करण सञ्चालनमा आउन लागेको हो।

एक्स्पोलाई सफल बनाउन आयोजक सुन्दरहरैंचा उधोग वाणिज्य संघले विभिन्न संघ सस्था सग सहकार्य गर्दै अघि बढ्ने नीति अवलम्बन गरेको छ । प्रवेश शुल्क रहेका विभिन्न मेला, महोत्सव, जात्रा आदिमा सामान्यतः सञ्चारकर्मीको लागि निःशुल्क ‘पास’ दिएर निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको हुन्छ । तर मोरङको सुन्दरहरैंचामा सञ्चालन हुने सुन्दरहरैंचा विराट एक्स्पोमा सञ्चारकर्मीले पनि भीभीआइपी पासको लागि प्रयोग हुने ज्याकेट खरीद गरेर सहयोग गरेका छन् ।

सुन्दरहरैंचामा निर्माणाधीन आधुनिक शौचालय तथा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग जुटाउन आयोजित एक्स्पोको उद्देश्य प्रशंसनीय भएकाले ज्याकेट खरीद गरिएको सुन्दरहरैंचा पत्रकार समूहका अध्यक्ष बाबुराम निरौलाले बताए । सुन्दरहरैंचामा क्रियाशील १० जना सञ्चारकर्मीले ५० हजार रुपैयाँबराबरको ज्याकेट खरीद गरेर एक्स्पो आयोजक र सुन्दरहरैंचा उद्योग वाणिज्य संघको कार्यमा हातेमालो गरेको निरौलाले जानकारी दिए ।

सुन्दरहरैंचा उधोग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले सञ्चारकर्मीलाई १० थान ज्याकेट हस्तान्तरण गर्दै सामान्यतः निःशुल्क पासको माग गर्ने सञ्चारकर्मीले ज्याकेट खरीद गर्नुले एक्स्पोको उद्देश्यलाई थप बल पुगेको बताए । यसपटकको सुन्दरहरैंचा विराट एक्स्पो-४ मा सुन्दरहरैंचा पत्रकार समाजको छुट्टै स्टल समेत रहने छ । जसमा सुन्दरहरैंचा नगरपालिका भित्रको विभिन्न विषयमा हाल सम्म विभिन्न मिडिया हाउसमा प्रकाशन भएका समाचार/लेख/ तथा सुन्दरहरैंचा भित्र रहेका पर्यटकीय क्षेत्रहरुको विशेषताहरुलाई पर्दशनीको रुपमा राखिनेछ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार