पुर्वान्चल विश्वविद्यालयका उपकुलपति कोइरालाको बिदाई


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पुर्वान्चल विश्वविद्यालयका  उपकुलपति डा. यादवराज कोइरालाको चारवर्षे कार्यकाल यही फागुन १८ मा सकिँदैछ । ४ दिन अगावै अर्थात सोमबार हालका उपकुलपति कोइरालाको  योगदानको उच्च मुल्यांकन गर्दै विश्वविद्यालयले बिदाई कार्यक्रम गरेको छ ।

 

उपकुलपति डा. कोइरालाले बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै भनुभयो “ मैले के गरे के गरिन थाहा छैन, तर एक चिज मैले अबश्य गरे, आफ्नो नजर बाट आफु झरेको छैन ।  “  उपकुलपति डा. यादवराज कोइरालाले आगामी दिनमा विश्वविधालयको बृहतर  बिकास निम्ति  पदमा नरहेपनि सहयोग गर्ने वचन समेत दिनुभयो ।

उपकुलपति डा. कोइरालाले सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्‌को निर्णय बमोजिम  विश्वविद्यालयमा उत्कृष्ट कार्य गरेवापत उत्कृष्ट सेवा पदक र एकाउन्न हजार  नगद सहित  सह-परीक्षा नियन्त्रक, परीक्षा इकाई कार्यालय, काठमाण्डौ मेनुका श्रेष्ठ, सह-प्राध्यापक, पुर्वान्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग, विराटनगरका डा. धर्मेन्द्र सिंह र वरिष्ठ अधिकृत, पुर्वान्चल विश्वविद्यालय केन्द्रीय कार्यालय, गोठगाउँका टेक प्रसाद अधिकारीलाई प्रदान गर्नुभयो।

पुर्वान्चल विश्वविद्यालय व्यवस्थापन संकायमा कार्यरत सवारी चालक प्रकाश भुजेललाई प्रोत्साहन स्वरूप उत्कृष्ट सेवा गरे वापत निजको यस अगाडीको स्तर अनुसारको ग्रेडलाई आधारमानी पुष ९  गते देखि लागु हुने गरी प्रति महिना निजको हालको खाईपाई आएको तलव स्केलमा प्रोत्साहन स्वरूप २ ग्रेड बराबरको रकम थप गरी प्रदान गर्ने गरेको छ । सो अवसरमा विश्वविद्यालयका रजिष्टार नीलमणि पोख्रेलले पुर्वान्चल विश्वविधालयको सर्वोच्च कार्यकारिणी पद उपकुलपतिमा काम गर्नु प्राध्यापकको जीवनमा यो भन्दा ठुलो उपलब्धि अरु केहि  नभएको धारणा राख्नुभयो  ।

बिदाई कार्यक्रममा कला कानुन तथा शिक्षा संकायका डीन डा. अनिल कुमार पोख्रेलले  उपकुलपति डा. कोइरालाको कार्यकाल निश्कलङ्क  रहेको धारणा राख्दै उहाँमा नेतृत्व लिने क्षमता, परिपक्वता भएको गुण रहेको बताउनु भयो  । आगामी कार्यकालका लागि जो कोहि उपकुलपतिमा आएपनि  आर्थिक, प्राकृतिरुपमा पर्दर्शीता सहित  उपकुलपति डा. कोइरालाको मार्ग दर्शक आवश्यक रहेको बताउनुभयो।

पुर्वान्चल विश्वविद्यालय शिक्षा सेवा आयोगका अध्यक्ष महेश्वर दाहालले करिव ३ वर्ष उपकुलपतिसंग आफुसंगै बिताएको भन्दै उहाँको कार्यकाल उपलब्धिमुलक रहेको रहेको र आर्थिक पार्दर्शीको विषयमा कहिले सम्म आरोप नखेपेको कुशल जिम्मेवारी निर्वाह गरेको बताउनुभयो ।

विज्ञान तथा प्रविधी संकायका डीन प्रा.डा. पवन कुमार झा, व्यवस्थापन संकायका डीन डा. संदेश दाश श्रेष्ठ, चिकित्साशास्त्र संकायका डीन डा. शैलेशमणि पोखरेल, सेवा. आयोगका सदस्य प्रा.डा. पशुपति मिश्र, परीक्षा नियन्त्रक श्री बालेन्दु हमाल ठकुरी, पाठ्यक्रम अनुसन्धान तथा विकाश केन्द्रका निर्देशक प्रा.डा. मेदिनी प्रसाद शर्मा, अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा मीनराज ढकाल, अनुगमन तथा मूल्यांकन केन्द्रका प्रमुख प्रा. सजेश प्रसाद कोइराला, योजना महाशाखाका प्रमुख डा. कोमल प्रसाद दुलाल लगायतको उपस्थिति रहेको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार