चिल्ड्रेन मन्टेश्वरी स्कुलले गर्यो ९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम


Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्वर ४ मा रहेको चिल्ड्रेन मन्टेश्वरी स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार भएको कार्यक्रममा विद्यालयले विभिन्न पुरस्कार बितरण, सम्मान, गायन, नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।विद्यार्थीको चौतर्फी विकाश गराउने नयाँ शैक्षिक नितिको पालना गर्दै आयोजित कार्यक्रममा विद्यालयले बिभिन्न विधामा उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरेको थियो । पढाई संगै अतिरिक्त क्रियाकलापमा जोड दिदै बिधार्थीको क्षमता प्रस्पुटन संगै बालबालिकाको गायन, नृत्य तथा अभिभावकको समेत प्रस्तुति रहेको थियो । कार्यक्रमको उद्घाटन सो वडाका अध्यक्ष कैलाश बस्नेतले गरेका थिए भने शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याए बापत विशिष्ट व्यक्तित्व, उत्कृष्ट अभिभावकलाई सम्मान समेत गरेको थियो । बार्षिक रुपमा विद्यालयले अभिभावकको प्रत्यक्ष उपस्थितिमा आयोजना गर्ने यस्ता कार्यहरुले विद्यालय र अभिभावकहरुविचको घनिष्टता बढेर जाने यस किसिमको कार्यक्रमबाट बिधार्थीमा हौशला मिल्ने स्कुलका प्रिन्सिपल सन्तोष राईले बताए ।

विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको स्कुलका अध्यक्ष मोहन ढकालले बताउदै विद्यार्थीको सिकाई उपलब्धी हासिल गर्न सृजनशिल तरीकाले विद्यार्थीलाई व्यवहार गरी संस्कारयुक्त शिक्षामा जोड दिएको धारणा राखेका थिए।साथै निजि विद्यालयहरुले अव थप परम्परागत शैक्षिक प्रणाली लाई विस्थापित गर्दै आधुनिकताको प्रयोग सगै सक्षम र क्षतावान विद्यार्थी उत्पादन गर्नु पर्ने बिषयमा बक्ताहरुले जोड दिए ।

सो कार्यक्रममा जेष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष रामकुमार कार्की, पुर्व वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ, समाजसेवी पुरण राई लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थी रहेको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार