प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा । कार्तिक २२ गते 

मोरङको सुन्दरहरैंचा नगरपालिका –१० विराटचोक स्थित प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल थापाको अध्यक्षता रहेको थियो भने पूर्व राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो। उक्त कार्यक्रम संस्थाका सचिव कृष्णप्रसाद भट्टराईले संचालन गर्नु भएको थियो। सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, आय–व्यय विवरण, प्रगति विवरण र आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले सहकारीको भूमिका र महत्वको प्रशंसा गर्दै सहकारीले सदस्यको आर्थिक सुदृढीकरण मात्र होइन, समुदायमा सामाजिक उत्तरदायित्व र स्वावलम्बन विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताएका छन्। उनका अनुसार सहकारीले प्रदान गरेका स्वास्थ्य, आपतकालीन सेवा र तालिम–सेमिनारहरू समुदायमा विश्वासको आधार बनेका छन्। यसलाई अझ सशक्त बनाउन सदस्यहरू तथा पदाधिकारीहरूको सहभागिता आवश्यक छ। 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष गोपाल थापाले यस संस्थाले विगत वर्षभरि सदस्यहरूको वित्तीय पहुँच मात्र होइन, स्थानीय समुदायका स्वास्थ्य, शिक्षा, कृषि तथा सामाजिक सेवामा पनि योगदान पुर्याएको बताएका छन्। संस्थाले एम्बुलेन्स सेवा, मल बिक्री–वितरण, सहकारी अवलोकन भ्रमण, तालिम तथा सेमिनार, सामाजिक सेवा, व्यवसायिक कारोबारमा सहुलियत, दुर्घटना र सुत्केरी भएका सदस्यलाई आवश्यक सहयोग जस्ता सेवाहरू निरन्तर प्रवाह गर्दै आइरहेको छ। आगामी वर्षमा यसलाई अझ विस्तार गर्दै पारदर्शी, सुरक्षित र सदस्यमुखी बनाउने हाम्रो लक्ष्य हो।”

सभामा उत्कृष्ट सदस्य, इमानदार भुक्तानीकर्ता तथा सक्रिय पदाधिकारीलाई सम्मान गरिएको थियो। यस क्रममा संस्थाका व्यवस्थापक श्री एमणी अधिकारीलाई संस्थामा पुर्याएको योगदानको उच्च कदर गर्दै कदरपत्र र रु २१,००० नगदसहित सम्मान गरिएको थियो।

त्यसैगरी संस्थाले ज्येष्ठ सेयर सदस्यतर्फ ७४ वर्षीया श्रीमती होमादेवी न्यौपाने र ७६ वर्षका श्री एमणी अधिकारी, अनिवार्य मासिक बचत तर्फ महिलातर्फ श्रीमती सिता अधिकारी र पुरुषतर्फ श्री खेमराज दाहाल, खुत्रुके बचत तर्फ श्रीमती नायिसा सापकोटा, बचत–जमानत कर्जा तर्फ श्रीमती रेनुकादेवी कोइराला, धितो–जमानत कर्जा तर्फ महिलातर्फ श्रीमती शान्ता काफ्ले र पुरुषतर्फ श्री कृष्णबहादुर कार्की र श्री राजकुमार शाहलाई सम्मानित गरेको थियो।

यसका साथै, विगतका विभिन्न कार्यकालमा संस्थाको विस्तार र स्थायित्वमा योगदान पुर्याउने निवर्तमान सञ्चालक सदस्यहरूलाई पनि सम्मानपूर्वक बिदाई गरिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार