विराटचोकमा खुल्यो टेवा मार्ट, सुलभ मूल्यमा दैनिक उपभोग्य सामग्री पाइने


shiva
Single Before Content Ad

सुन्दरहरैँचा ।कात्तिक १९ गते

मोरङको सुन्दरहरैँचा नगरपालिका–९, विराटचोकमा टेवा मार्ट सञ्चालनमा आएको छ। २०८३ कात्तिक १९ गते बिहीबार आयोजित विशेष समारोहबीच मार्टको औपचारिक उद्घाटन गरिएको हो।

 मार्टको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गर्नुभएको थियो। कृष्ण रिजाल अध्यक्ष रहनुभएको मार्टको उद्घाटन समारोहमा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं, पूर्वनगरप्रमुख शिवप्रसाद ढकाल, प्लोका सञ्चालक भोलेश्वर दुलाललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्थानीय व्यवसायी, समाजसेवी तथा ग्राहकहरूको उपस्थिति रहेको थियो।

घरायसी तथा दैनिक उपभोग्य सामग्री एउटै स्थानबाट सहज र सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको अध्यक्ष कृष्ण रिजालले बताउनुभयो। नजिकिँदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गरी ग्राहकको आवश्यकताअनुसार विभिन्न सामग्री बिक्रीका लागि राखिएको उहाँले जानकारी दिनुभयो।

मार्ट सञ्चालनमा आएसँगै विराटचोक तथा आसपासका उपभोक्ताले दैनिक आवश्यकताका सामग्री खरिद गर्न टाढा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ। स्थानीयस्तरमै सुलभ मूल्यमा सामग्री उपलब्ध हुँदा भारतीय बजारमा निर्भर हुनुपर्ने अवस्थासमेत न्यूनीकरण हुने सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो।

उहाँले स्थानीयस्तरमा व्यवस्थित व्यापारिक सेवा विस्तार हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै यसले उपभोक्तालाई सहजता प्रदान गर्नुका साथै स्थानीय आर्थिक गतिविधि र व्यापार व्यवसाय प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा सहभागी अतिथिहरूले टेवा मार्टको सफल व्यावसायिक यात्राको शुभकामना व्यक्त गरेका थिए। मार्ट परिवारले आगामी दिनमा गुणस्तरीय सामग्री, उचित मूल्य र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार