पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा सेवा विस्तार, दुई भेन्टिलेटर थप


Single Before Content Ad

सुन्दरहरैँचा (मोरङ) — शिव भट्टराई भोजपुरे, असार १६ गते

मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य सेवा विस्तारलाई तीव्रता दिएको छ। अस्पतालले उपचार सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले दुई वटा अत्याधुनिक भेन्टिलेटर थप गरेको छ।

 पुर्वान्चल विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. धिरेन्द्र गिरिका अनुसार अस्पतालमा थप सेवा विस्तारको योजना अघि बढाइएको छ। उनले निकट भविष्यमा आईसियू सेवा सञ्चालनका साथै अन्य विशेषज्ञ स्वास्थ्य सेवासमेत क्रमशः थप गर्दै लैजाने तयारी भइरहेको सुन्दरहरैचा अपडेटलाई जानकारी दिएका छन्।

उनका अनुसार अस्पताललाई पूर्वी नेपालको भरपर्दो शिक्षण अस्पतालका रूपमा विकास गर्ने लक्ष्यअनुसार आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।

अस्पतालमा पछिल्लो समय सेवा–सुविधा विस्तारसँगै बिरामीको विश्वाससमेत बढ्दै गएको स्थानीयवासीले बताएका छन्। उनीहरूका अनुसार विगतको तुलनामा उपचार सेवा, चिकित्सकीय पहुँच र व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको छ, जसले स्थानीयलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुगेको छ।

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालले सेवा विस्तारलाई निरन्तरता दिँदै गम्भीर बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार सुदृढ बनाउने तयारी गरिरहेको जनाएको छ। अस्पतालको यो पहलले मोरङसहित पूर्वी नेपालका सर्वसाधारणलाई आफ्नै क्षेत्रमा थप प्रभावकारी र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार