साजिलाल माध्यमिक बिद्यालयका बिद्यार्थीले ल्याए सुन्दरहरैंचामै उत्कृष्ट अंक


Single Before Content Ad

सुन्दरहरैचा/

हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा सामुदायिक विद्यालय मध्ये सर्वोकृष्ट राम्रो अंक ल्याउनेमा सुन्दरहरैंचा नगरपालिका वडा -६ मा रहेको  साजीलाल माध्यमिक बिद्यालय रहेको छ।

 सो विधालयमा अध्यनरत सम्राट निरौलाले ३.९ जिपिए ल्याएर नगर भित्रमै उत्कृष्ट अंक ल्याएको प्रध्यानाध्यापक श्यामबाबु काफ्लेले बताउनुभयो।  प्रतिशतको हिसाबले हेर्ने हो भने ३.६ जीपीए देखि ३.४ जीपीए  सम्मको प्रतिशत नगर भित्रकै सामुदायिक विधालय तुलना बढी ल्याएको जानकारी दिनुभयो। 

सबैभन्दा बढी उतिर्ण संख्याको हिसाबमा पहिलो सुकुना मावि हो भने दोस्रोमा साजिलाल मावि हो। सो विद्यालयबाट १ सय ९६ जनाबाट  नियमित तर्फ १ सय ३३ जना एसईई उतिर्ण गरेका छन। साजिलालबाट ६७ दशमलव ८६ प्रतिशत उतिर्ण भएको हो।सिभिल इञ्जिनियरिङ्ग, बिज्ञान, ब्यबस्थापन, संकायका लागि अहिले भर्नाका आवेदन समेत खुलेको जाकारी गराउंदै  प्रध्यानाध्यापक काफ्लेले सबैको रोजाईको विधालय साजीलाल भएको बताउनुभयो। 

नयाँ शैक्षिक सत्र कक्षा ११ मा   बाह्रय विधालयबाट साजीलालमा भर्ना हुन चाहने विधार्थीको हकमा ३.७ माथि जीपीए ल्याउने र आफ्नो बिधालयबाट एसईईमा ३.६ जीपीए भन्दा बढी  ल्याउने लाउनेलाई शतप्रतिशत छात्रवृत्ति दिने ब्यबस्था गरेको छ।  समुदायमा सजिलाल माध्यामिक विद्यालयको राम्रो ‘क्रेज’ छ । कुशल नेतृत्व र ‘टिमवर्क’ भए सामुदायिक विद्यालयले अभिभावकको मन जित्न सफल भएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार