बिद्यालयले सिपमुलक शिक्षामा जोड दिनु पर्ने- नगरप्रमुख केदार प्रसाद गुरागाईं


Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -३ मा रहेको जनता माध्यमिक विद्यालय त्रिजुगाको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् दाहाल छात्रवृत्ति अक्षय कोषको सम्मान कार्यक्रममा बोल्दै सुन्दरहरैचा नगरपालिका नगरप्रमुख केदार प्रसाद गुरागाईले बिद्यालयले सिपमुलक शिक्षामा जोड दिनुपर्ने बताएका छन्। साथै नगरप्रमुख गुरागाईंले शिक्षा र स्वास्थ्यमा जोड दिनु पर्ने भन्दै अभिभावक र शिक्षकको ध्यानाकर्षण गराएका छन।

निजि विद्यालय र सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण फरक भएपनि एउटै अभिभावकले निजिमा पढाउदा टिफिन खुवान जाने र सामुदायिक विद्यालयमा पढाने त्यहि विद्यार्थीलाई टिफिन पुर्याउन नसक्ने दृष्टिकोणलाई परिवर्तन गर्न आकृष्ट गरेका छन। विद्यार्थीको क्षमता अनुसार बिद्यार्थीको रुचि अनुसार व्यावसायिक शिक्षामा जोड दिन आवश्यक रहेको भन्दै पाइलट प्रोजेक्टको रुपमा अघि बढ्न आवश्यक रहेको धारणा राखेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हामी पेट पाल्न र भात खानका सिकाई नसिकी ज्ञानको भण्डार बटुल्न र सिकेका सिपलाई ब्यबहारिक रुपमा उतार्न र अघि बढ्न प्रोत्साहित गरेका छन। उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्य गोहीलाल चौधरी र पुर्व व्यवस्थापन समिति अध्यक्ष तथा पुर्व प्रध्यानाध्यापक रुद्रप्रसाद दुलाललाई सम्मान समेत गरेको थियो।

विद्यालयको गतिविधि र प्रगति र आगामी कार्ययोजनाको प्रतिवेदन प्रस्तुत सो विद्यालयका प्रध्यानाध्यापक ओम भण्डारीले प्रस्तुत गरेको थियो । साजिलाल माद्यामिक विद्यालयका प्रध्यानाध्यापक श्यामबाबु काफ्लले डिग्री हासिल गरेर मात्र होइन शिक्षण पद्धति र विद्यार्थीलाई कसरी उत्साहित र गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रसर हुनु पर्ने जोड दिए।

गछिया प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सुर्य बहादुर बस्नेतको अगुवाइमा लागु औषधी सम्बन्धि सचेतना मूलक कार्यक्रम समेत गरिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार