पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (PUSoE) पुसोईमा नयाँ भर्ना प्रक्रिया सुरु — अनलाइन आवेदन खुल्ला


Single Before Content Ad

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङ (PUSoE) ले शैक्षिक सत्र २०८२/०८३ (सन् २०२५) का लागि BE (सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड अटोमेसन, र इलेक्ट्रिकल) कार्यक्रमहरूमा भर्ना प्रक्रिया सुरु गरेको छ।

विश्वविद्यालयले मिति २०८२/०४/२० (साउन २० गते) देखि अनलाईन मार्फत आवेदन फारम खुला गरेको जानकारी गराएको छ। विश्वबिद्यालयबाट तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा गरेका इच्छुक विद्यार्थीहरुले www.pufoe.edu.np वा www.entrance.puexam.edu.np वेबसाइटमार्फत फारम भर्न सक्नेछन्।

विद्यार्थीहरुले आफ्नो इच्छा अनुसार कार्यक्रम छनौट गरी अनलाइन फारममा आवश्यक विवरणहरू भरेर, शैक्षिक योग्यताको प्रमाणपत्र र पासपोर्ट साइजको फोटोको स्क्यान कपी संलग्न गरी तोकिएको दस्तुर सहित सम्बन्धित निकायको वेबसाईट मार्फत आवेदन दिनुपर्ने पूर्वाञ्चल विश्वविद्यालयका निर्देशक इन्जिनियर तेजराज गिरीले जानकारी दिएका छन्।

नेपाल बाहेक अन्य मुलुकबाट प्राप्त शैक्षिक योग्यताको हकमा सम्बन्धित निकायबाट जारी गरिएको समकक्षताको प्रमाणपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।

🔹 आवेदन फारम शुल्क: रू. २०००/- (सेवा शुल्क बाहेक)
🔹 थप जानकारीका लागि सम्पर्क:
०२१-४६२१७९, ९८४२२५१०५४ (School of Engineering, विराटनगर)

पढाइसँगै भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूसँग यो अवसर नछुटाउन पूर्वाञ्चल विश्वविद्यालय प्रशासनले अनुरोध गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार