सहारा नेपाल कै कारण धनमाया बिष्टले पाईन् नयाँ जिवन


shiva
Single Before Content Ad

शिव भट्टराई , सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा वार्ड नं १ सितुमारी बस्ने धनमाया बिष्टले सहारा नेपाल कै कारण नयाँ जीवन पाएकी छिन्।केही महिना अघि दुर्घटनामा परेर थलीएकि उनको उपचार हुन नसक्ने भन्दै नोबेल मेडिकल कलेजले बिदा दिईसकेको थियो। एकल महिला संगै आर्थिक बिपन्न्ताका सङै अशक्त बनेकी उनको अहिले सहारा नेपालले ऋण मिनाहा संगै थप रकम १ लाख उनको खातामा जम्मा गरिदिएको छ भने उनको छोरीलाई उच्च शिक्षा हासिल गर्न समेत सहयोग गर्ने भनिएको छ।

सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङले संस्थाकाे ग्रामिण कर्जा बिमा कार्यक्रम अन्तर्गत सदस्य धनमाया बिस्टकाे कर्जा मिनाहा गरिएकाे बताउदै निजकाे उपचार कार्यमा सुन्दरहरैचा वडा न १ ,सेवाकेन्द्र बिराटचाैक टिम, सहारा नेपालका केन्द्रीय कार्यालय स्वास्थ्य युनिट प्रमुख भक्त बहादुर खड्का र कर्मचारी मुना आचार्य लगायतको सहजिकरण रहेको बताएका छन्। त्यसैगरी पिडितको उपचारमा आर्या न्युराे हस्पिटलले संस्थालाई सहयोग गरेको उनले बताए।

यसमा मिडियाकर्मीले समेत उनको दर्दनाक नाजुक अवस्थाको भिडियो प्रसारण गर्दा मनकारी हातहरुले सहयोग गरेर अर्को अस्पतालमा भर्ना गरि उपचार भएकाले पहिलाको भन्दा धेरै राम्रो अवस्था भएको पिडितले बताएकि छिन्।उनको स्वास्थ्य सुधारमा सहयोग पुर्याउने सहारा नेपाल, सुन्दरहरैंचा वडा नं १ बासी, जनप्रतिनिधि लगायत सम्पुर्ण सहयोगीलाई धन्यवाद दिएकि छिन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार