केशु विरहीको ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको पुस्तक 'तेह्रथुमको साहित्यिक इतिहास' आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् । 

साहित्यकार एवम् इतिहासकार केशु विरहीको अनुसन्धानात्मक पुस्तक लोकार्पण गर्ने क्रममा बोल्दै मन्त्री गुरुङले साहित्यकार विरहीले जिल्लाको साहित्यिक क्षेत्रको इतिहासलाई एकाकार गरेकोप्रति आभार प्रकट गरिन् । उनले जिल्लाले नेपालको साहित्यिक क्षेत्रसहित विभिन्न विधामा उल्लेख्य योगदान पुर्‍याएपनि त्यसको दस्तावेजीकरणको काम नभएकोमा विरहीको प्रयासको प्रशंसा गरिन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका लागि बधाई ज्ञापन गरे । 

'मरेका मान्छेको बारेमा जसले पनि लेख्न सक्छ । जे लेखेपनि हुन्छ,' उनले भने, 'विरहीजीले जीवित मान्छेहरुका बारेमा लेखेर ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ । वास्तवमा यो निकै जोखिमपूर्ण काम हो । किनभने जीवित मान्छेका बारे जे लेखेपनि, जति लेखेपनि चित्त बुझाउन सकिदैन ।'

मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए ।तेह्रथुममै जन्मिएर हाल मोरङलाई कार्यथलो बनाएका विरही पत्रकार तथा लेखकसमेत हुन् । यसअघि उनका 'कहालिलाग्दा गोरेटाहरू' (उपन्यास) सहलेखन –२०५६, 'आमाको माया' (उपन्यास) –२०५७, 'दन्किएको आगो' (गजल सङ्ग्रह) –२०६३, 'सुस्केरा' (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, 'भास्कर वंशावली' (वंशावली) –२०६५, 'सुलोचना' (कथासङ्ग्रह) –२०७१, 'रेस्माको स्यान्डल' (बालकथासङ्ग्रह) –२०७७ आदि प्रकाशित छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार