साना किसान कृषि सहकारी संस्था सिजुवाको १८ औं वार्षिक साधारणसभा सम्पन्न


shiva
Single Before Content Ad

शिव भट्टराई / रतुवामाई

 

मोरङको रतुवामाई नगरपालिका वार्ड नं ६ स्थित साना किसान कृषि सहकारी संस्था सिजुवाको १८औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारण सभामा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रबिन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष द्रोण बहादुर पौडेलको सभापतित्व रहेको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथी आचार्यले जिल्ला कृषि सहकारी संघ मोरङले किसानको हितको लागि विभिन्न योजना मार्फत अगाडि बढीरहेको तर प्रदेश सरकारको फितलोपनाले योजनाहरु ओझेलमा परेको बताएका छन् । त्यसैगरी देशमा अन्य सहकारीहरु भन्दा साना किसान कृषि सहकारी अब्बल बन्दै गएको बताउँदै संस्थाको प्रगती र सफलताको शुभकामना व्यक्त गरेका थिए।यस संस्थाले हाल सम्म २ करोड ४४ लाख ७ हजार १ सय सेयर पुँजि बनाएको छ भने १२ सय १४ सेयर सदस्य बनाउन सफल भएको छ।

उक्त साधारण सभाको अवसरमा संस्थाले ३१ जना जेष्ठ सेयर सदस्य, कर्मचारी, विशेष बचतकर्ता, उच्च सेयर लगानीकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट समूह अन्तर समुह लगायत विभिन्न व्यक्तीहरुलाई सम्मान गरेको थियो। अधिवेशन सहितको वार्षिक साधारण सभामा द्रोण बहादुर पौडेलको नेतृत्वलाई पुन ४ बर्षिय कार्यकालका लागि सर्वसम्वत चयन गरिएको थियो। साधारण सभामा जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक व्यक्तित्व, विभिन्न सहकारीका प्रतिनिधिहरु, सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो भने सो कार्यक्रम मुख्य प्रबन्धक तथा सदस्य सचिव ऋषि कुमार ढकालले संचालन गरेका थिए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार