उर्लाबारीमा नोवेल शिक्षण अस्पतालको स्वास्थ्य शिविरमा, २८५ जनाको गरियो मुटु परीक्षण


shiva
Single Before Content Ad

मोरङ /

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्च, उर्लाबारी ६ को आयोजनामा बिहिबार गते उर्लाबारी ६ स्थीत महारुद्र शिवालय मन्दिरको प्राङ्गणमा एक दिवसिय निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । सामुदायिक विकास मञ्चको आयोजनामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल नेतृत्वको मुटु विभागका चिकित्सक सहितको स्वास्थ्य टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेको हो।

स्वास्थ्य शिविरमा ११५ जना पुरुष र १७० जना महिला गरी २८५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त क्रममा २८५ जना विरामीको निःशुल्क इकोकार्डियोग्राम, ई. सि. जि. गरिएको छ ।

नोवेलले विभिन्न संघ संस्थाहरुको समन्वयमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । स्वस्थ मुटु स्वस्थ जीवन भन्ने नाराका साथ मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट हजारौ विरामीहरुले निःशुल्क परीक्षण र उपचार सेवा लिई सकेका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार