पूर्वान्चल विश्वविद्यालयद्वारा प्राध्यापकहरुलाई क्षमता अभिवृद्दी गर्न २ दिने प्रशिक्षण


Single Before Content Ad

सुन्दरहरैचा । शिव भट्टराई भोजपुरे

मोरङको सुन्दरहरैचा स्थित पूर्वान्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायले प्राध्यापकहरुलाई क्षमता अभिवृद्दी गर्न २ दिने प्रशिक्षण सुरु गरेको छ। सोमबार देखि गोठगाउँ स्थित आङिक क्याम्पस, पूर्वान्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साईन्सले नर्सिङ, फार्सेमी, जनस्वास्थ्य, चिकित्सा, ल्याब साईन्समा कार्यरत प्राध्यापकहरुलाई लक्षित गरि क्षमता अभिवृद्दी कार्यक्रम सुरु गरेको हो ।

अनुसन्धान, बिद्यार्थी पठनपाठन तथा परीक्षा सम्बन्धी विभिन्न पछिल्ला र ताजा जानकारीहरु अपडेट गरि प्राध्यापकहरुलाई सहजीकरण गर्न मेडिकल एजुकेशनिष्ट प्राध्यापकहरुद्वारा तालिम दिन सुरु गरिएको हो। यस प्रकारका तालिमहरु बार्षिक योजना बनाएर नै शुरु गरिएको र पहिलो चरणमा आङिक क्याम्पस र दोश्रो चरणमा सम्बन्धन प्राप्त क्याम्पसका प्राध्यापकहरुलाई दिने कुरा पुर्वान्चल विश्वबिद्यालयका डीन डा. शैलेशमणि पोखरेलले बताउनु भयो। साथै, अहिले प्राध्यापकहरुको अनुसन्धान कार्यमा प्रोत्साहित गर्न अनुसन्धान बजेटको व्यबस्था भै अनुसन्धानहरु समेत अगाडि बढीरहेको कुरा डा. पोखरेलले बताउनु भयो ।तालिममा सहभागी प्राध्यापकहरुले तालिम प्राभावकारी भएको बताउनु भएको छ ।

कार्यक्रमलाई कार्यशाला केन्द्रित बनाईने र कार्यशालामा प्रमुख प्रशिक्षकको रुपमा मेडिकल एजुकेशन बिज्ञ धरान बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका प्राध्यापक डा. विष्णुहरी पौडेल रहनु भएको छ। त्यसैगरी तालिममा पब्लिक हेल्थका प्रोफेसर डा विजय खनाल, डिपार्टमेन्ट अफ बायो केमिस्ट्री डा विनोद कुमार लाल दास, प्रोफेसर समीर लामाले सहजीकरण गर्नुभएको छ।

तालिममा सम्बन्धित विषयमा आधारित भई समूह कार्य, जोडीमा कार्य र व्यक्तिगत कार्य गरी सिकाइलाई सहजीकरण गरिएको थियो।स्कुल अफ हेल्थ साईन्सका उपप्राध्यापक नबिन लामिछाने, उमा प्रधान, चिकित्सा शास्त्र ले यस तालिमले चिकित्सा शास्त्र संकायकि सहडिन दिप्ती सुब्बा लगायतले चिकित्सक शास्त्र संकायमा हुने शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउन यस तालिमले सहयोग गर्ने भएकोले यसले समग्र स्वास्थ्य शिक्षा क्षेत्रमा परिवर्तन आउने बताउनुभयो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार