सुन्दरहरैंचा नगर, स्वास्थ्य सुधारको यात्रामा अघि बढ्दै


shiva
Single Before Content Ad

सुन्दरहरैंचा ।

सुन्दरहरैचा नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा स्वास्थ्य क्षेत्र अन्तर्गत खोप, आधारभूत स्वास्थ्य उपचार, संस्थागत सुत्केरी र आधारभूत देखि विशिष्टिकृत स्वास्थ्य उपचार सेवामा नागरिकलाई अनुभूती हुने गरी स्वास्थ्य सेवा प्रदान गर्दै सफलता हात पारेको छ । यस पालिकाभित्र १ वटा नगर अस्पताल, ११ वटा स्वास्थ्य संस्था, ३४ वटा खोप केन्द्र र २४ वटा गाउँघर क्लिनिक सञ्चालनमा रहेका छन् ।

नगरपालिकाका सबै स्वास्थ्य संस्थाबाट सञ्चालन भएका खोप तर्फका कार्यक्रम अन्तर्गत १ हजार ६ सय ५३ जना वालवालिकाले खोप प्राप्त गरी पूर्णखोप सुनिश्चित पालिका बन्न सफल भएको छ । यस कार्यक्रमलाई सफल बनाउन नगरभरि घरधुरी सर्वेक्षण गरी हालसम्म कुनै खोप प्राप्त नगरेका ५ वर्ष मुनिका ६ जना र खोप छुटेका १ सय ५३ जनालाई खोपाउने कार्य समेत गरी पूर्णखोप पालिका बन्न सफल भएको छ ।

एक आर्थिक वर्षमा यस नगरले सबै स्वास्थ्य संस्थाबाट सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमबाट कुल ९२ हजार २ सय ४८ जनाले सेवा लिएको देखिन्छ । यो कुल जनसंख्याको ८० प्रतिशत माथि हुन आउँछ । नगर अस्पतालमा मात्र सेवा लिनेको संख्या ४८ हजार ७ सय ९२ रहेकोमा यस उपचारमा केही नागरिक छिमेकी पालिकाबाट सेवा लिन आएको रेकर्डले देखाउँदछ । यो तथ्याङ्कलाई केलाएर हेर्दा स्वास्थ्य संस्था प्रति जनताको विश्वास बढेको देखिन्छ । प्रजनन् स्वास्थ्य अन्तर्गत महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी ७ सय १७ जनामा स्किृनिङ् गर्दा २ जनामा रोग पत्ता लगाई उपचारको क्रममा रहनुभएको छ ।

सुन्दरहरैंचा नगरपालिकामा मातृ तथा वाल मृत्युदरको रेकर्ड शुन्य बनाउन सफल देखिन्छ भने संस्थागत सुत्केरीमा ९९ प्रतिशत भन्दा माथि सफलता हात परेको छ । अस्पताल सेवामा एम.डि.जि.पी. बाट नियमित सेवा प्रवाह भईरहेको छ भने ल्याव तर्फ बि.एम.एल.टी. दक्ष प्राविधिकबाट ल्यावसेवा सञ्चालन भएको छ ।

यस नगरपालिकामा नसर्ने रोग तर्फ सुगर, प्रेसर र क्यान्सरका रोगीहरु निरन्तर बढीरहेकाले दिर्घकालिन स्वास्थ्य समाधानका लागि पालिकाले कदम चाल्नुपर्ने देखिन्छ । यसै विषयमा नगरप्रमुख केदारप्रसाद गुरागाईंसँग कुरा गर्दा आधारभूत स्वास्थ्य सेवा विपन्न वर्गलाई बिमा मार्फत पहुँचमा ल्याउन सफल भएका छौं, नगर अस्पतालको सेवालाई विशेष प्राथमिकता दिँदै नसर्ने रोगहरु प्रति हामी सचेत भएर कार्ययोजना निर्माण गर्ने चरण्मा रहेको जानकारी दिनुभयो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार