बिराटचोक यामाहाको माइलेज च्यालेन्ज हुँदै


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैचा स्तिथ बिराटचोक यामाहामा माइलेज च्यालेन्ज र र्‍यालीको आयोजना हुने भएको छ। यहि पुस १३ गते शनिबार हुन लागेको यामाहा RayZR 125 FI Hybrid माइलेज च्यालेन्ज एण्ड र्‍यालीमा सुन्दरहरैचा, बेलबारि, केराबारी, ग्रामथान, कानेपोखरी,लेटाङ लगायको पालिकाहरु बाट ४० जना भन्दा बढी रेजेडआर चालकहरूको सहभागिता रहने छ।

नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटर भनेर चर्चित यामाहाको RayZR का लागि यस माइलेज च्यालेन्जबाट उक्त चर्चा सत्य साबित गर्ने मौका र ग्राहकहरूबाट पाउँदै आएको भरोसालाई थप बलियो बनाउने अवसर मिल्नेछ। कार्यक्रम यामाहा शोरुम बिराटचोकबाट सुरु भएर होटल ड्रिम गार्डेन पुष्पलालचोक सम्म सञ्चालन हुनेछ भने उक्त र्‍यालीमा बढी माइलेज दिने RayZR 125 FI Hybrid चालकहरूलाई विजेता तोकिने छन।

सेवाग्राहीप्रति आफ्नो उत्पादनको विश्वास बढाउन र सेवाग्राहीका अपेक्षाबारे समेत जानकारी लिन यस किसिमको कार्यक्रम नियमित आयोजना गर्ने गरेको यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल बताउनु भयो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार