गछिया जेसीसको अध्यक्षमा नवीन बराल


shiva
Single Before Content Ad

सुन्दरहरैचा।

गछिया जेसीसको अध्यक्षमा नवीन बराल निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनमा १०० मतका साथ उनी निर्वाचित भएका हुन्। उनका प्रतिसपर्धी पुस्पा ढुङेल सिग्देलले ४१ ले मत प्राप्त गरेको निर्वाचन आयुक्त रबिन सिटौलाले जानकारी दिए । यस्तै कार्यकारीणी उपाध्यक्षमा निस्चल घिमिरे र रोहित लिम्बु निर्वाचित भएका छन्।

निर्वाचनमा घिमिरेले ९८ मत पाउँदा लिम्बुले ९७ मत प्राप्त गर्दै कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भए । ५३ मत प्राप्त गरेका सुधन भट्टराई भने उपबिजेता बनेको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी उपाध्यक्षहरुमा आयुसदीप रिजाल, जानुका धमला, राजुबाबु ढकाल, बिजय ओझा निर्विरोध निर्वाचित हुदा सचिबमा रिजन पोखरेल र जनसम्पर्क अधिकारिका रुपमा देबराज पोखरेल निर्बिरोध निर्वाचित भएको निर्वाचन आयुक्त सिटौलाले जानकारी दिए ।

अध्यक्ष पदमा निर्वाचित भएका बरालले गछिया जेसीसका सम्पूर्ण सदस्यको मनोभावना अनुसारको काम गर्ने बताएका छन्। निर्वाचनमा हारजीत स्वभाविक रहेको बताएका उनले आफ्नो कार्यकालमा गछिया जेसीसको भवन निर्माण हुने उल्लेख गरे । बरालले नवराज पोखरेललाई महासचिव, कमल दाहाल कोषाध्यक्ष र कमल ढुंगाना कानूनी सल्लाहकार, सुजन बाह्रकोटी सह सचिब, ज्ञाननाथ ढकाल तालिम आयुक्त र रमा फूयललाई महिला संयोजकका रुपमा मनोनित समेत गरेर आफ्नो बोर्डलाई पूर्णता दिएका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार