सुन्दरहरैँचा नगरपालिकाद्वारा किसानलाई मौरी सहितको घार वितरण


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

सुन्दरहरैंचा नगरपालिकाले मौरिपालन प्रवर्धन कार्यक्रम अन्तर्गत कृषकहरुलाई मौरी सहितको घार र त्यसका सहायक सामाग्रीहरु वितरण गरेको छ। आईतवार नगरपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा मौरिपालनका लागि २१ घर परिवारलाई घार र त्यसका सहायक सामाग्रीहरु वितरण गरेको हो।

चालु आर्थिक वर्षमा कृषकहरुको समेत २५ प्रतिशत लागत सहभागीतामा २५ लाख बजेटको कार्यक्रम अन्तर्गत नगरपालिकाका २ सय ६ वटा स्थानीय सेरेना जातका मौरिसहित घार र सहायक सामाग्री वितरण गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिएका छन्। मौरिपालनका लागि इच्छुक कृषकहरुलाई कार्यक्रममा सहभागिताका लागि आवेदन आह्वान गरि कृषक छनौट गरेर तालिम समेत प्रदान गरेर घारसहित मौरि र सहायक सामाग्रीहरु वितरण गरिएको उहाँको भनाइ छ । 

नगरप्रमुख केदारप्रसाद गुरागाईंले नगरपालिकामा ठूलो मात्रामा तोरि खेति हुने गरेकाले समेत मौरिपालनको प्रचुर संभावना देखिएकाले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । मौरिपालनले मह उत्पादनका साथै तोरि उत्पादनमा समेत मद्दत पुग्ने भएकाले नगरपालिकाले मौरिपालनलाई प्राथमिकतामा राखेको उहाँले बताएका छन् । नगरप्रमुख गुरागाईँले नगर क्षेत्रमा हात्तीको आतंक देखिएकाले त्यसको नियन्त्रणका लागि समेत नगरको जंगल क्षेत्र आसपासका कृषकहरुलाई मौरिपालन जोड्दै जाने जानकारी दिएका छन्। उहाँले सरकारले उपलब्ध गराएको मौरि र सामाग्रीहरुबाट मह उत्पादन गरि भरपुर लाभ लिन कृषकहरुलाई आग्रह गर्दै दुरुपयोग भएको पाइए नगरपालिकाले गरेको लगानी असुल उपर गरिने समेत उल्लेख गर्नुभयो ।   

नगर प्रमुख केदार प्रसाद गुरागाईँ, उपप्रमुख अकली चौधरी, विभिन्न वडाका वडाध्यक्ष, कृषि शाखाका कर्मचारी लगायतको टोलीले नगरपालिकाले मौरि प्रदान गरेका कृषकहरु भेटि आवश्यक परामर्श प्रदान गर्नुका साथै मौरिको अवस्था बारे अनुगमन गरेको थियो । नगरपालिकाले निश्चित समयमा नियमित रुपमा मौरिको अवस्था बारे अनुगमन गर्दै जाने कृषि शाखाका प्राविधिक सुदीप भण्डारीले जानकारी दिनुभयो । 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार