सुन्दरहरैंचामा ढकमक्क फुलेको सयपत्री, कोशी युवा कृषि फर्ममा देखियो मनमोहक दृश्य


shiva
Single Before Content Ad

सुन्दरहरैचा, असोज २८ गते ।शिव भट्टराई भोजपुरे 

मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मा रहेको कोशी युवा कृषि फर्म मा सयपत्री फूल ढकमक्क फुल्दै मनमोहक दृश्य देखिएको छ। युवाहरूद्वारा संचालित उक्त फर्ममा अहिले पुष्प खेतीको आकर्षक दृश्यले सबैको ध्यान तानेको छ।

फर्मका सञ्चालक बिजय ओझाका अनुसार तिहार पर्वलाई लक्षित गर्दै फर्ममा सयपत्री फूलको उत्पादन गरिएको हो। खेतभरि हरियो पातमाथि पहेँलो–सुनौलो सयपत्री फुल्दा बारी सुनझैं देखिन्छ। स्थानीय युवाहरूले आत्मनिर्भर कृषि व्यवसायका रूपमा फूल खेतीलाई प्राथमिकता दिँदै आएका छन्।

सौन्दर्यसँगै रोजगारको अवसर सृजना गर्दै कृषि क्षेत्रमा युवाको लगानी बढ्दै जानु सकारात्मक पक्ष मानिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार