हिमालय इङ्लिस स्कुलमा सिनियर अन्तरसदन फुटसल प्रतियोगिता सम्पन्न


Single Before Content Ad

शिव भट्टराई भोजपुरे/ श्रावण २४ गते

सुन्दरहरैचा। मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्लिस स्कुलमा Interhouse Futsal Competition (Senior) सम्पन्न भएको छ। विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, नेतृत्व क्षमता तथा आपसी सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।

 प्रतियोगितामा विद्यालयका विभिन्न हाउसका सिनियर तहका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्लानेट लौन्ज स्थित फुटसल मैदानमा भएको प्रतियोगिताका क्रममा विद्यार्थीहरूले उत्साहपूर्वक प्रतिस्पर्धा गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

विद्यालयका प्रिन्सिपल कमल खनालले पढाइसँगै विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुद गतिविधिलाई विद्यालयले विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीमा अनुशासन, टीमवर्क, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विजेता हाउसलाई विद्यालयले एक कार्यक्रम बिच पुरस्कार वितरण गर्ने भएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार