भट्टराई कुल वंश प्रतिष्ठान कोशी प्रदेशको अधिवेशन सम्पन्न: अध्यक्षमा भरत भट्टराई


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

भट्टराई कुल वंश प्रतिष्ठान कोशी प्रदेश समितिको अधिवेशन सम्पन्न भएको छ।शनिबार उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा सम्पन्न भएको दोस्रो प्रदेश अधिवेशनबाट मोरङ उर्लाबारीका चन्द्र बहादुर भट्टराई (भरत)को अध्यक्षतामा ४३ सदस्यीय प्रदेश समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा मणिन्द्र भट्टराई सुनसरी, ओमप्रकाश भट्टराई झापा, महिला उपाध्यक्षमा रेनुका भट्टराई तेह्रथुम, सचिवमा चन्द्रप्रसाद भट्टराई मोरङ, सहसचिवमा भिमबाबु भट्टराई झापा र कोषाध्यक्षमा शिवप्रसाद भट्टराई मोरङ चयन भएका छन् ।
भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका ३ सय जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सो अवसरमा केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, मोरङ जिल्ला अध्यक्ष तेजकुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार