पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाले गर्यो १ दिवसिय सहकारी शिक्षा तालिम


shiva
Single Before Content Ad

शिव भट्टराई, सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा वार्ड नं १० स्थित पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा एक दिवसीय सहकारी शिक्षा तालीम सम्पन्न भएको छ। शनिबार सुन्दरहरैचा ४ मा रहेको त्रिवेणि रिसोर्टमा भएको कार्यक्रममा संस्थाको शिक्षा समिती संयोजक छत्र बहादुर काफ्लेको संयोजकत्व रहेको थियो भने संस्थाका अध्यक्ष भिम प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो।

 

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले शिक्षा उपसमितीलाई सहकारीमा शिक्षाको कमि रहेको हुँदा संस्थाका सम्पुर्ण सदस्यहरु सम्म शिक्षा तालिम पुर्याउने गरि कार्यक्रम तय गर्न निर्देशन दिँदै त्यसको लागि सहकारीको संचालन समितीको पुर्ण साथ सहयोग रहने प्रतिबद्धता जायर गरेका थिए।

 

सहकारीको विषयमा विविध पक्षहरु जानकारी गराउने उदेश्यले संचालन गरिएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक प्रदेश सहकारी नि. रजिस्ट्रार हरि बा. खत्रीले तालिम दिँदै सहकारीमा कर्मचारी, उप-समिति, समिती र सदस्यको अन्तर सम्बन्ध, सहकारीको नीति नियम र सरकारका निर्देशनहरुका बारेमा प्रष्ट पारिएको कार्यक्रम संचालक महेश आचार्यले जानकारी दिएका छन् ।उक्त तालिममा संचालक समिती, लेखा समिती, उपसमिती, महिला समिती, सम्पुर्ण कर्मचारीहरु साथै सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार