मिक्लाजुङ गाउँपालिकाले गर्यो नोवेल र केएमसि सङ्ग द्विपक्षीय सम्झौता


Single Before Content Ad

मिक्लाजुङ गाउँपालिका, मोरङले स्थानीय नागरिकलाई सहज तथा सहुलियत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विराटनगर स्थित नोबेल मेडिकल शिक्षण अस्पताल र काठमाडौं स्थित काठमाडौं मेडिकल कलेज (KMC) सँग द्विपक्षीय सम्झौता गरेको छ।

उक्त सम्झौता अनुसार मिति २०८२ साल माघ १५ गतेदेखि एक वर्षका लागि मिक्लाजुङ गाउँपालिका–मधुमल्ला, मोरङमा बसोबास गर्ने नागरिकले उल्लेखित अस्पतालहरूमा उपचार गराउँदा विशेष छुटसहित सेवा प्राप्त गर्नेछन्।
सम्झौतामा उल्लेख भएअनुसार नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधी उपचार कोष लगायत स्वास्थ्य उपचारसँग सम्बन्धित सम्पूर्ण सुविधा उपभोग गरिसकेपछि थप उपचार आवश्यक परेमा नोबेल शिक्षण अस्पतालमा उपलब्ध अप्रेशनसहितका सेवामा २५ प्रतिशत छुट तथा काठमाडौं मेडिकल कलेज (KMC) मा ५० प्रतिशतसम्म छुट सुविधा प्रदान गरिनेछ।
यो सहुलियत स्वास्थ्य बीमामा आवद्ध नागरिकका साथै बीमा नगरेका वा बीमा गरे पनि बीमा क्रियाशील हुनुभन्दा अघिको अवधिमा रहेका बिरामीहरूलाई समेत उपलब्ध हुने जनाइएको छ।

गाउँपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन तथा उपचार खर्च कम गर्न यस प्रकारको सहकार्य गरिएको बताउँदै आगामी दिनमा थप स्वास्थ्य संस्थासँग पनि सहकार्य विस्तार गर्ने जनाएको छ। सम्झौता हस्ताक्षर भई कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार