साना किसान कृषि सहकारी संस्था झुर्कियाको ८ औं वार्षिक साधारण सभा सम्पन्न


shiva
Single Before Content Ad

रतुवामाई/ शिव भट्टराई 

मोरङको रतुवामाई नगरपालिका वार्ड नं ४ स्थित साना किसान कृषि सहकारी संस्था झुर्कियाको ८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको साधारण सभामा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रबिन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाकी अध्यक्ष सम्झना काफ्ले थापाको सभापतित्व रहेको थियो। 

उक्त कार्यक्रममा प्रमुख अतिथी आचार्यले जिल्ला कृषि सहकारी संघ मोरङले किसानको हितको लागि विभिन्न योजना मार्फत अगाडि बढीरहेको बताएका छन्।त्यसैगरी उनले नेपालमा कृषिलाई अगाडि बढाउन शुलभ कर्जा इन्डियाबाट कसरी ल्याउने भन्ने विषयमा नेपाल भारत मैत्री सहयोग संगठन सङ जिल्ला कृषि सहकारी संघ कार्ययोजनाहरु बनाइ रहेको बताएका छन्।यस संस्थाले हाल सम्म २९ लाख ९१ हजार २ सय सेयर पुँजि बनाएको छ भने ६ सय ५७ जना सेयर सदस्य बनाउन सफल भएको छ।

सोही अवसरमा संस्थाले असल ऋणि, उत्कृष्ट बचतकर्ता, सर्वोत्कृष्ट सेयर, उत्कृष्ट समूह बचत लगायत विभिन्न व्यक्तीहरुलाई सम्मान साथै कृषि सामाग्री वितरण गरेको थियो। त्यसैगरी साधारण सभामा पुन सम्झना काफ्ले थापाको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ।कार्यक्रममा साना किसान कृषि सहकारी संस्था सिजुवाका मुख्य प्रबन्धक ऋषि कुमार ढकाल, साना किसान कृषि सहकारी संस्था इटहराका अध्यक्ष मेघराज कट्टेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार