सुन्दरहरैचामा राष्ट्रपति रनिङ शिल्ड: साजिलाल मावि नगर प्रथम


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैचा नगरपालिकामा आयोजित नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नगर प्रथम स्थान हासिल गरेका छन्। साजिलाल माविले १८ स्वर्ण, १४ रजत, र १४ कांस्य पदक जित्दै प्रतियोगितामा शानदार जित हात पार्न सफल भयो। विद्यालयका खेलाडीहरूको यो उपलब्धिले विद्यालयको खेलकुद क्षमताको उचाइ मात्र दर्शाएको छैन, नगरकै गौरव बढाएको छ।

सो अवसरमा साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले विद्यालयका खेलाडी विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गर्दै आफ्नो विद्यार्थीहरूको मेहनत, समर्पण, र खेलकुद प्रतिको लगावले विद्यालयलाई नगर प्रथम स्थानमा पुर्याउने बताएका छन्। त्यसैगरि उनले यो उपलब्धि सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय भएको र आगामी दिनमा पनि विद्यार्थीहरूलाई खेलकुदमा अझ प्रोत्साहन गर्दै राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्टता हासिल गराउने लक्ष्य रहेको बताए।

उनले विद्यालय व्यवस्थापन, प्रशिक्षक, अभिभावक तथा सम्पूर्ण खेलाडी विद्यार्थीहरूको योगदानलाई उच्च सम्मान गर्दै धन्यवाद व्यक्त गरे।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण खेलाडी विद्यार्थीहरू, प्रशिक्षकहरू, र विद्यालय परिवारलाई हार्दिक बधाई! आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न शुभकामना।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार