सुन्दरहरैँचा नगरपालिकामा नागरिकताको अनलाइन सिफारिस सेवा सुरु


Single Before Content Ad

सुन्दरहरैचा / शिव भट्टराई भोजपुरे।

मोरङको सुन्दरहरैँचा नगरपालिकामा नागरिकताको अनलाइन सिफारिस सेवा सुरु भएको छ । सोमबार नगर उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत विनाेद कुमार न्याैपाने र वडा नम्बर १२ का अध्यक्ष एवं नगर प्रवक्ता राेशनप्रसाद ढकाल, वडा ८ का वडाअध्यक्ष खेमप्रसाद न्याैपानेले संयुक्तरूपमा सेवाकाे सुरुवात गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको सहजीकरणमा नगरपालिकाले सो सेवाको थालनी गरेको हो । सेवा लिन आएका सेवाग्राहीलाई नागरिकताकाे सिफारिस अनलाइन बाट गरेर सेवाकाे सुरू गरिएकाे थियाे । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको छ ।

अनलाईन प्रणाली लागू भएपछि सेवाग्राहीले छिटोछरितो रुपमा नागरिकता प्राप्त गर्न सक्छन् भन्नेमा आफू विश्वस्त रहेको नगर उपप्रमुख चौधरीले बताउनु भएको छ। यो प्रणाली लागु भएसँगै अब नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हट्नेछ । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृह अन्तर्गत नागरिकता फाँट विभागमा रजिष्टेशन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार