ब्राइट फ्युचर सेकेन्डरी स्कुलको उत्कृष्ट प्रदर्शन: प्याब्सन स्पोर्ट्स मीट २०८१ मा दोस्रो स्थान


shiva
Single Before Content Ad

सुन्दरहरैंचा /

प्याब्सन स्पोर्ट्स मीट २०८१ मा मोरङ सुन्दरहरैंचा नगरपालिका वडा १० मा रहेको ब्राइट फ्युचर सेकेन्डरी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा दोस्रो स्थान हासिल गरेको छ। विद्यालयका खेलाडीहरूले विभिन्न खेलकुद प्रतिस्पर्धामा प्रभावशाली नतिजा निकाल्दै विद्यालयको गौरव बढाएका छन्।

टेबल टेनिसतर्फ, निक्की महतो ले गर्ल्स टेबल टेनिस (एकल) मा स्वर्ण पदक जितिन् भने उनले अमिरा अधिकारी संगै गर्ल्स टेबल टेनिस (टीम इभेन्ट) मा पनि स्वर्ण पदक जितिन्। केटा टेबल टेनिसतर्फ आयुष कार्की ले एकल स्पर्धामा कांस्य पदक जिते भने उनले एलन दाहाल संगै ब्वाइज टेबल टेनिस (टीम इभेन्ट) मा रजत पदक प्राप्त गरे। दौडतर्फ, सबिन पुरी ले २ हजार मिटर दौडमा रजत पदक जिते।

भलिबलतर्फ, विद्यालयको महिला टोली ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्‍यो। साथै, विभिन्न व्यक्तिगत श्रेणीहरूमा पनि विद्यालयका खेलाडीहरूले अवार्ड जिते:

पूजा विष्ट (उत्कृष्ट रक्षा)

प्रेजिना खत्री (उत्कृष्ट सेटर)

कृष्मा डाँगी (उत्कृष्ट स्पाइकर)

मनिका श्रेष्ठ (प्लेयर अफ द सिरिज)

बास्केटबलतर्फ, ब्वाइज टोलीले तेस्रो स्थान हासिल गर्‍यो।

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०८१ मा पनि विद्यालयले राम्रो प्रदर्शन गर्‍यो। महिला भलिबल टोली ले प्रथम स्थान र केटा भलिबल टोली ले तेस्रो स्थान प्राप्त गर्‍यो।

T10 DVM क्रिकेट कप २०८१ मा विद्यालयको पुरुष तर्फ क्रिकेट टोली ले दोस्रो स्थान हासिल गर्दै अर्को सफलता प्राप्त गर्‍यो।

समग्रमा, ब्राइट फ्युचर सेकेन्डरी स्कुलका खेलाडीहरूले आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै विद्यालयलाई पदक तालिकामा दोस्रो स्थान मा पुर्‍याएका छन्। विद्यालय परिवारले सबै खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार