कोशी प्रदेशको नेतृत्व गर्दै टेक्वान्दाे खेल्न भारत पुगेका लिटल पिसका विद्यार्थी भए प्रथम


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

भारतको सिलगुडीमा भएको प्रथम अन्तराष्ट्रिय टेक्वान्दो ओपन च्याम्पियनसिप २०२४ मा इटहरी १९ मा रहेको लिटल पिस हेभन इङलिस एकेडेमी प्रथम भएको छ । कोशी प्रदेशको नेतृत्व गर्दै भारत पुगेका लिटल पिसका विद्यार्थीले प्रथम स्थान हासिल गर्न सफल भएका हुन्। यही असार १४ गते देखी भारतमा भएको खेलमा ४ वटा देश सहभागी भएका थिए ।

सो प्रतियोगीतामा कोशी प्रदेशका तर्फबाट लिटल पिस हेभन इङलिस एकेडेमीमा कक्षा ७ मा अध्ययनरत सुजन भुजेल , कक्षा ९ मा अध्ययनरत सर्वधन गुरुङ र कक्षा १० मा अध्यनरत बिसाल आचार्यको टिमले जित आफनो हातमा पार्दै नेपालकै नाम राखेका छन । इटहरी ५ सिमर वनामा रहेको जुनतारा टेक्वान्दो डोजाङगका संचालक तथा लिटल पिस हेभन इङलिस एकेडेमीका टेक्वान्दो खेलका कोच अजित चौधरीले सो खेलाडीको नेतृत्व गर्नु भएको थियो ।

भारतको सिलगुडीमा भएको प्रथम अन्तराष्ट्रिय टेक्वान्दो ओपन च्याम्पियनसिप २०२४ मा प्रथम भएर आएका खेलाडीलाई लिटल पिस हेभन इङलिस एकेडेमीका पिन्सिपल कुसुम राइले आफना विद्ययार्थीले भारमा पुगेर प्रथम भएका खेलाडी तथा कोचलाई स्कुलमा अबिर तथा खादा ओडार सम्मान गर्नु भएको छ ।

प्रथम भएर आएका विद्ययार्थीलाइ शुभकामना दिदै यो जितले स्कुलको मात्र जित नभएर नेपालकै जित भएको उहाले बताउनु भएको छ । लिटल पिस हेभन इङलिस एकेडेमीका विद्ययार्थीहरुलाइ किताबी ज्ञानमा मात्र सिमित नभएर हरेक सिकाइबाट अब्ल बनाउने तरिकाले अघि बढिरहेको प्रिन्सिपल राइले बताउनु भएको छ । लिटल पिस हेभन इङलिस एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार