सुन्दरहरैँचा (मोरङ), असार २८ —शिव भट्टराई भोजपुरे
दक्षिण कोरियाली स्वास्थ्य प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको विगेन नेपाल विराटचोक शाखाले आफ्नो १२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सवका अवसरमा शाखाकि संचालिका राधा कुमारी मगरले विगत १२ वर्षदेखि स्वास्थ्य सचेतना र प्राकृतिक स्वास्थ्य प्रवर्द्धनमा साथ दिएका सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा सहयोगीप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि स्वस्थ नेपाल निर्माणको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा प्रमुख अतिथी मीन बहादुर मगरले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका शारीरिक समस्याहरूलाई प्राकृतिक तथा गैरऔषधीय प्रविधिबाट व्यवस्थापन गर्न विगेन नेपालले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। साथै सेवाग्राहीहरूको विश्वास, माया र निरन्तर सहयोगकै कारण संस्था १२ वर्षसम्म सफलतापूर्वक अघि बढ्न सकेको उल्लेख गरेका छन्।
विगेन नेपालले गर्दन, मेरुदण्ड तथा शरीरका विभिन्न भागका समस्यालाई लक्षित गरी Neck Massager, ETS Magnetic Therapy System, Hygiea Roller, Mounted Massager Roller र 10 Ball Projector लगायतका स्वास्थ्य उपकरणमार्फत सेवा प्रदान गर्दै आएको संचालक श्री कृष्ण श्रेष्ठले जनाएका छन्। यी उपकरणहरू दक्षिण कोरियाली प्रविधिमा आधारित रहेको र रक्तसञ्चार सुधार, मेरुदण्डको सन्तुलन कायम गर्न तथा शरीरको दुखाइ कम गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ।
कार्यक्रममा सहभागीहरूले विगेन नेपालको सेवाप्रति सकारात्मक अनुभव आदानप्रदान गरेका थिए भने आगामी दिनमा अझ प्रभावकारी स्वास्थ्य सेवा विस्तार गर्न शुभकामना व्यक्त गरेका थिए।




