लायन्स क्लब अफ इन्द्रपुरको पदस्थापन तथा सदस्यता ग्रहण कार्यक्रम सम्पन्न, अध्यक्षमा प्रमिला दुलाल


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे/सुन्दरहरैचा
लायन्स क्लब अफ इन्द्रपुरले लायन वर्ष २०२५र२६ को लागि नयाँ नेतृत्वको पदस्थापन तथा सदस्यता ग्रहण (इन्स्टलेसन एण्ड इन्डक्सन) कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। कार्यक्रममा क्लबले प्रमिला दुलालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।त्यसैगरी क्लबको उपाध्यक्षमा चयन भएका योजना शर्मा, रेवन्त कार्की र कल्पना दाहाल, सचिवमा बिना सुवेदी आचार्य, कोषाध्यक्षमा सुनिता ढकाल, क्लब एड्मिन बबिता दाहाल त्यस्तै सदस्यमा गोपाल गजुरेल, ज्ञान प्रसाद ढकाल,जानुका थापा, प्रमिला खड्का, सन्जु ढकाल, विक्रम दाहाल, कृष्ण प्रसाद ओझा, घनश्याम आचार्य, डम्बर कार्की लगायत सम्पुर्ण पदाधिकारीहरुले आफ्नो पदभार ग्रहण गरेका छन्।

 कार्यक्रममा क्लबका अध्यक्ष लायन युबराज दाहालको अध्यक्षता रहेको थियो भने लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सि. का गभर्नर एमजेएफ बबरजङ थापाको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि थापाले क्लबको सामाजिक योगदानको प्रशंसा गर्दै अझ सशक्त र समर्पित ढंगले अगाडि बढ्न आग्रह गर्नुभयो। उहाँले समाजसेवा निःस्वार्थ भावनाबाट प्रेरित भएर गरिने महान कार्य भएको उल्लेख गर्दै सुन्दरहरैचा क्षेत्रमा क्लबको सक्रियता प्रेरणादायी भएको बताउनुभयो।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिव प्रसाद ढकाल, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी का आइपीडिजी PMJF विकास अधिकारी लगायत विशिष्ट अतिथीहरुको उपस्थिति रहेको थियो।

त्यसैगरी क्लबका विभिन्न पदाधिकारी तथा सदस्यहरू लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी का फर्स्ट भिडिजी MJF लायन लीला चिमरिया, चिफ डिस्ट्रिक्ट एडमिनिष्ट्रेटर लायन लोकेन्द्र ढकाल, डिष्ट्रिक सिनियर एडभाइजर तथा लायन्स क्लव अफ इन्द्रपुरका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट) PMJF भोलेश्वर दुलाल, MJF लायन नगेन्द्रप्रसाद दाहाल, MJF लायन रोहित शाह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन योजना शर्माले गर्नुभएको थियो।

अध्यक्ष दुलालले आफ्नो कार्यकालमा क्लबलाई अझ सक्रिय र परिणाममुखी बनाउने प्रतिबद्धता जनाउँदै स्वास्थ्य शिविर, शैक्षिक सहयोग, विपद् व्यवस्थापन, वृक्षरोपण तथा सरसफाइ अभियानजस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। यस अवसरमा नयाँ सदस्यहरूको इन्डक्सन पनि गरिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार