काठमाडौंमा आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार: सांसद डा. सुनिल शर्माको विशेष पहल


Single Before Content Ad

काठमाडौं, २०७१ चैत्र १७ –

राजधानीका विभिन्न स्थानहरूमा भएको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

मेडिकल कलेज प्रशासनका अनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ। अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहाल ले एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन्।

"आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको छ। सम्बन्धित व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ," अस्पताल प्रशासनले जनाएको छ।

📞 सम्पर्क नम्बरहरू:
📞 9802335108
📞 9802335130

डा. सुनिल शर्माको समाजसेवी पहल

यो निःशुल्क उपचार सेवा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको विशेष पहलमा सम्भव भएको हो। समाजसेवामा समर्पित सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म हजारौं नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्।

उहाँको नेतृत्वमा देशभरि निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन हुँदै आएका छन्, जसबाट लाखौं विपन्न तथा गरिब नागरिकहरूले लाभ लिएका छन्। स्वास्थ्य शिविरमा सम्भव नभएका गम्भीर बिरामीहरूको लागि काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउँदै आउनुभएको छ।

नोबेल मेडिकल कलेजमा विशेष सुविधा

सांसद शर्माले आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था गर्नुभएको छ।
साथै, काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्दै आउनुभएको छ।

समाजसेवामा समर्पित सांसद

सांसद डा. सुनिल शर्मा नेपालका एउटा मात्र तलब-भत्ता नलिने सांसद हुन्। उहाँले आफ्नो सम्पूर्ण जीवन समाजसेवा र मानवताको सेवामा समर्पित गर्दै आउनुभएको छ।

उहाँको यो महान कार्यले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई जीवनदान दिएको छ। यस्तो समाजसेवी पहलले लाखौं नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन ठूलो योगदान दिने विश्वास गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार