बुढीगंगा गाउँपालिकामा एनप्याब्सनको प्रभाव बढ्दो


shiva
Single Before Content Ad

एलएन गच्छदार, सुन्दरहरैचा ।

मोरङको बुढीगंगा गाउँपालिकामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) को प्रभाव बढ्दै गएको छ। हालै मात्रै ५ वटा संस्थागत विद्यालय एनप्याब्सनमा प्रवेश गरेपछि स्थानीय शैक्षिक क्षेत्रमा नयाँ तरंग आएको छ।

एनप्याब्सनमा प्रवेश गर्ने विद्यालयहरूमा चिल्ड्रेन गोल्डेन एकेडेमी (बुढीगंगा-६), स्वीट ड्रीम एकेडेमी (बुढीगंगा-५), लालीगुराँस एकेडेमी, कोरवान सेकेण्डरी स्कुल, र सरस्वती शिक्षा सदन रहेका छन्। यसअघि बुढीगंगाका १४ मध्ये ६ विद्यालय एनप्याब्सनमा आबद्ध थिए, तर अब यो संख्या ११ पुगेको छ।

एनप्याब्सनको प्रभाव बढ्दै

बुढीगंगा गाउँपालिकाको शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्न एनप्याब्सनले महत्त्वपूर्ण योगदान गरिरहेको जिल्ला एनप्याब्सनका सचिव भनिरुद्र चौधरीले बताए। उनले भने, “संस्थागत विद्यालयहरूको एकताले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग पुर्याउँछ। हाम्रो उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु हो।"

केन्द्रिय सदस्य नारायण प्रसाद ढकाल र प्रदेश सह-सचिव कमल खनालको उपस्थितिमा सम्पन्न विशेष कार्यक्रममा नवप्रवेशी विद्यालयहरूलाई औपचारिक रूपमा स्वागत गरियो। खनालले भने, “शिक्षा सुधारका लागि संस्थागत विद्यालयहरूको भूमिका महत्त्वपूर्ण छ। एनप्याब्सनले नीतिगत पैरवीदेखि शैक्षिक सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।" प्रदेश सह-सचिव खनालले नवप्रवेशी विद्यालयहरूलाई शुभकामना व्यक्त गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि एनप्याबसनले लिने रणनीति तथा विद्यालयहरूसँगको सहकार्यबारे जानकारी गराए। उनले संस्थागत विद्यालयहरूको हकहित रक्षा, शिक्षक-विद्यार्थी-अभिभावकहरूको समन्वय, तथा प्रविधिमैत्री शिक्षाको विकासमा संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

केन्द्रिय सदस्य नारायण प्रसाद ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी विद्यालयहरूलाई स्वागत गरे। उनले विद्यालयहरूको गुणस्तर अभिवृद्धि, विद्यार्थी केन्द्रित शिक्षण विधिहरू, तथा संस्थागत विद्यालयहरूको सञ्जाल विस्तारमा एनप्याबसनको भूमिका महत्वपूर्ण रहेको बताए।

जिल्ला एनप्याब्सन कार्यबाहक अध्यक्ष इन्द्र नारायण साहका अनुसार, "एनप्याब्सनले सबै विद्यालयहरूलाई समान अवसर प्रदान गर्ने प्रयास गरिरहेको छ। संस्थागत विद्यालयहरूबीच एकता आवश्यक छ, र यसले विद्यार्थी, शिक्षक तथा अभिभावकहरूका लागि राम्रो वातावरण सिर्जना गर्नेछ।"

विद्यालयहरूको प्रतिबद्धता

नयाँ प्रवेश गरेका विद्यालयहरूले एनप्याब्सनसँग सहकार्य गर्दै विद्यार्थी, शिक्षक र अभिभावकहरूका लागि अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। बुढीगंगा क्षेत्रमा एनप्याब्सनको वर्चस्व विस्तारसँगै संस्थागत विद्यालयहरूको भविष्यलाई लिएर विभिन्न कोणबाट चासो व्यक्त गरिएको छ।नवप्रवेशी विद्यालयहरूले एनप्याबसनको सदस्यता प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा संगठनसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार