क्वेष्ट माध्यमिक विद्यालयमा शिक्षकहरुलाई एक दिने तालिम सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा ८ स्थित सलकपुरमा रहेको क्वेष्ट माध्यमिक विद्यालयमा शिक्षकहरुका लागि एक दिने तालिम सम्पन्न भएको छ।

शनिबार अभ्यास नेपालकी लेखिका तथा बरिष्ठ प्रशिक्षक अर्चना भन्डारीको प्रशिक्षणमा सो तालिम सम्पन्न भएको हो। हिमाल बुक्स स्टेशनरीको आयोजनामा अभ्यास नेपालको सहयोगमा र क्वेष्ट माध्यमिक विद्यालयको होस्टमा भएको उक्त तालिममा धरान , विराटनगर, इटहरी र सुन्दरहरैंचाका बिभिन्न बिधालयका ८० जना भन्दा बढी शिक्षकहरुले प्रशिक्षण लिएका थिए।


उक्त प्रशिक्षणमा खासगरि पछिल्लो समयमा प्री प्राइमरी लेभलको विद्यार्थीहरुले पढ्ने परिवर्तित एकीकृत पाठयक्रमलाई कसरी बालमनोविज्ञानमा आधारित भएर शिक्षण गर्ने भन्ने बिषयमा शिक्षकहरूलाई प्रशिक्षण दिईएको क्वेष्ट माध्यमिक बिद्यालयका प्रिन्सिपल दिपक क्षेत्रीले बताएका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार