एनप्याब्सन सुन्दरहरैचा नगर समितीद्वारा अङ्ग्रेजी तथा नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा/

नेसनल प्याब्सन सुन्दरहरैचा नगर समितीले नगर स्तरीय नेपाली तथा अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ। मोरङको सुन्दरहरैचा ९ मा मंगलबार भएको उक्त कार्यक्रममा सुन्दरहरैंचा १० मा रहेको हिमालय इंगलिस स्कुल जुनियर तर्फ नेपाली तथा अङ्ग्रेजी दुबैमा प्रथम बनेको छ। प्राथमिक तर्फ नेपाली तर्फ प्रथम अंग्रेज़ी तर्फ तृतीय र आधरभुत तहमा नेपाली तर्फ प्रथम अङ्ग्रेजी तर्फ द्वितीय स्थान हासिल गर्न सफल भएको हिमालय इंगलिस स्कुल संस्थापक प्रिन्सिपल कमल खनालले जानकारी दिए।

यस्तै जुनियर तर्फ नेपाली बाल बगैँचा द्वितीय र कसमस एकेडेमी तृतीय बनेको छ भने जुनियर अंग्रेज़ी तर्फ मदरल्याण्ड द्वितीय र पाठशाला तृतीय बनेको छ।आधारभुत नेपाली तह तर्फ पाठशाला द्वितीय र मदरल्याण्ड स्कुल तृतीय बनेको छ भने आधारभूत अङ्ग्रेजी तर्फ मदरल्याण्ड स्कुल प्रथम, पाठशाला द्वितीय बनेको छ। आधारभुत (जुनियर) तर्फ नेपाली तर्फ हिमालय स्कुल प्रथम र काली देबि स्कुल द्वितीय भनेको छ भने अंग्रेज़ी काली देबि प्रथम र हिमालय स्कुलले द्वितीय स्थान हासिल गर्न सफल भएको छ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति सुन्दरहरैचा नगरपालिका वार्ड नं १२ का वडाअध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले विजेताहरुलाई पुरस्कार तथा मेडल वितरण गर्दै सुन्दरहरैचालाई राम्रो बनाउने हो भने पहिलो कुरा शिक्षा राम्रो हुनुपर्नेमा जोड दिए। सुन्दरहरैचालाई शैक्षिक हवको रुपमा विकास गर्न नगरले कुनै कसर पनि बाँकी नराख्ने र जस्तोसुकै सहयोग गर्न तयारी रहेको समेत उनको भनाइ थियो। हस्तलेखन प्रतियोगिता १० वटा बिद्यालयहरुको सहभागिता रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार