प्रोबेसन मेची-कोशी चौथो समुहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न


shiva
Single Before Content Ad

शिव भट्टराई, सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा १२ स्थित ग्रेटनेपाल साकोसको आयोजनामा र नेफ्स्कूनको प्राविधिक सहयोगमा मेची-कोशी चौथो क्लस्टरको १० औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) शनिवार जेसिज भवन, बिराटचोक मोरङमा सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION) मा आबद्ध मोरङ, सुनसरी र उदयपुर जिल्लाका ८ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ४४ जना को उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष श्री प्रभुराम रैकामगरको अध्यक्षता नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का संचालक एवं सुनसरी सदस्य सेवा कार्यालय संयोजक श्री गोमा नेपालको प्रमुख आतिथ्यता रहेको थियो भने ग्रेट नेपाल साकोसका सल्लाहकार लक्ष्मी प्रसाद आचार्यको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमबाट सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदन प्रदान गर्ने वातावरण सिर्जना भएको भन्दै नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धिका लागि सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम निकै फलदायी रहेकोप्रति सहभागीहरुले जोड दिएका थिए । कार्यशालाको सहजीकरण नेफ्स्कून अनुगमन अधिकृत शौभाग्य भट्टराईले मौद्रिक नीति २०८०-८१ को विषयमा आफ्नो प्रस्तुती गर्नुभएको थियो । उक्त मौद्रिक नीतिमा सहकारी संघ संस्थाले ध्यान दिनुपर्ने विषयहरुमा विशेष जोड दिएका थिए ।

कार्यक्रममा उपस्थितहरुलाई स्वागत आयोजक संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक सागर लुईटेलले र कार्यक्रम सञ्चालन सचिव श्री सन्तोष गौतमले गरेका थिए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार